२१ कार्तिक २०८३, शनिबार

राप्रपाका पूर्व केन्द्रीय सदस्य अलि मियाँको निधन

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कमल थापासँग छेउमै उभिएका अलि मियाँ (सेतो घेराभित्र)

भालुवाङ, १३ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व केन्द्रीय सदस्य अलि मियाँको निधन भएको छ ।

दाङ जिल्लाको देउखुरी उपत्यकास्थित भालुवाङ बजारमा बसोबास गर्दै आएका मियाँको ६३ वर्षको उमेरमा निधन भएको राप्रपा केन्द्रीय सदस्य कोमल ओलीले जानकारी दिइन् ।

‘सोमबार अपरान्ह ३ बजेतिर उहाँलाई ज्वरो आउने र अन्य केही समया भएपछि उपचारका लागि बुटवल लगिएको थियो’, ओलीले भनिन्, ‘उहाँको उपचारका क्रममा आज बिहान बुटवलमा निधन भएको हो ।’

दाङ जिल्लामा राजनीति गर्दै आएका मियाँ राप्रपाका हस्ती मानिन्थे । विशेष गरेर उनले राप्रपाका लागि देउखुरी उपत्यकामा राजनीतिक संगठन गर्दै आएको समकक्षीहरू बताउँछन् ।

राप्रपाका अध्यक्ष कमल थापा धनगढीबाट काठमाडौंतर्फ आउँदै गर्दा भालुवाङमा कार्यकर्ताहरूसँग भेट गरेर जाने भनेर फोन पनि गरेका थिए ।

अचानक मियाँलाई स्वास्थ्यमा समस्या आएपछि अध्यक्ष थापासँग भेट गरेर चुनावी कार्यक्रमको रणनीति बनाउने समपना मियाँको अधुरै रहेको छ ।