३ कार्तिक २०८३, मंगलबार

असार ३० मा रिलिज हुँदै ‘सायद २’, आक्रामक प्रचार सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । फिल्म मेकर सुनिल रावलद्वारा निर्माण गरिएको फिल्म ‘सायद २’ ले एकाएक चर्चा पाउन थालेको छ । ‘सादय २’ को ट्रेलर सार्वजनिक भएसँगै फिल्मको चर्चा सुरु भएको हो ।

असार ३० गते रिलिज डेट रहेको ‘सायद २’ ले दोस्रो ट्रेलर पनि सार्वजनिक गरिसकेको छ । सामाजिक संजालमा फरक शैलीमा निर्माण पक्षले प्रचार प्रसार थालेको छ ।

‘सायद २’ को निर्माण टिम प्रचारका लागि विभिन्न स्थानमा निस्किएको छ । सायद, होस्टेल, होस्टेल रिटर्न जस्ता सफल फिल्म निर्माण गरेका सुनिल रावलको यो फिल्मलाई दुर्गिश ब्यानरले निर्माण गरेको हो ।

फिल्म मेकर सुनिल रावललाई ‘सायद २’ निर्माणमा ईश्वर श्रेष्ठ र सुभाष लामिछानेले सघाएका छन् ।

युवापुस्ताको कथालाई प्रस्तुत गरिएको ‘सायद २’ को मुख्य भूमिकामा सुशील श्रेष्ठ, स्यारोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे, निशा कार्की, बुद्दिलाल मगर लगायतलार्इ देख्न सकिन्छ ।