२९ आश्विन २०८३, बिहिबार

केबुलकारले ज्यानै पनि लिन सक्छ ! भारतबाट आयो दुःखद खबर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भारत, १२ असार । भारत प्रशासित काश्मिरको पर्यटकीय सहर गुलमार्गमा आइतबार एक केबुलकार दुर्घटनाग्रस्त हुँदा पाँच जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।

केबुलकार चलिरहेको अवस्थामा रुखमा ठोक्किएपछि घिर्नी लठ्ठाबाट खुस्किएको र करिब ३० मिटर तल भूइमा खसेको प्रहरी अधिकारी इम्तियाज हुसैनले बताउनुभयो । कारभित्र रहेका पाँच जनाको मृत्यु भएको र चार जना घाइते भएको हुसैनले बताउनुभयो । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

दुर्घटनामा नयाँ दिल्लीबाट भ्रमणमा आएका एक जोडी र उनीहरुका दुई बच्चा परेको थाहा भएको हुसैनले बताउनुभयो ।

केबुलकारमा सवार यात्रुहरु पिरपान्जल हिमालयन शृङ्खलातर्फ जाँदै गर्दा भएको बताइएको छ । गुलमार्ग स्कीका लागि उच्च भूभागमा रहेको प्रसिद्ध भारतीय गन्तव्यस्थल हो । रासस/एपी