४ कार्तिक २०८३, बुधबार

टाटा मोटर्सले पनि मनायो योग दिवस

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ, १२ असार । टाटा मोटर्स एवं नेपालका लागि अधिकृत विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लिले अन्तरराष्ट्रिय योग दिवसका दिन इन्डिया हाउस, लाजिम्पाटमा एक विशेष समारोहको आयोजना गरेको छ ।

समारोहलाई सम्बोधन गर्दै टाटा मोटर्सका अन्तर्राष्ट्रिय ब्यापार, कमर्सियल भेहिकल विभागका प्रमुख रुद्ररुप मैत्रले सिप्रदी ट्र्डिङ्ग प्रालि एवं भारतीय राजदुतावासका साथ संयुक्त रुपमा यस वर्ष अन्तर्राष्ट्रिय योग दिवस समारोह मनाउन पाउँदा गौरव लागेको बताए ।

मैत्रले योगको अभ्यास द्वारा शरिर तथा मनको समीकरणमा ठुलो योगदान पुग्ने तथा मानसिक बोझको निराकरणमा एक प्रभावकारी उपाय हुने बताए । कार्यक्रममा नेपालका लागि भारतीय राजदुत श्री मनजीत सिहं पुरीले “योग सुस्वास्थ एवं सम्वृद्धिका लागि अति महत्वपूर्ण भएको” बताए । अन्तर्राष्ट्रिय दिवस मनाउन टाटा मोटर्ससँग सहकार्य गर्न पाएकोमा राजदुत पुरीले खुसी व्यक्त गरे ।

सोही अवसरमा बोल्दै सिप्रदी ट्रेडीङ्ग कम्पनीका सिइओ राजनबाावु श्रेष्ठ ले “पहिलोपटक यस वर्ष टाटा मोटर्स तथा सिप्रदीले भारतीय राजदुतावासद्वारा आयोजित अन्तर्राष्ट्रिय योग दिवशसा भाग लिएको” बताए ।

सिइओ श्रेष्ठले स्वस्थ जीवनका लागि योगलाई अपनाउन तथा यसको अभ्यास गर्न आग्रह पनि गरे ।