
मोरङ, १२ असार । मोरङका दुई छुट्टाछुट्टै स्थानमा दुई जना मृत अवस्थामा फेला परेका छन् ।
रङ्गेली नगरपालिका–९ बनकोलस्थित रङ्गेली–दोहमनामा आइतबार राति भित्री सडकको किनारामा स्थानीय ६० वर्षीय पहाडचन राजवंशी मृत अवस्थामा फेला परेका हुन् ।
अनुहार र घाँटीमा चोट देखिएका उनलाई स्थानीयले मृत अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनाका विषयमा अनुसन्धान सुरु गरिएको इप्रका रङ्गेलीका प्रहरी निरीक्षक सञ्जीबबाबु खड्काले जानकारी दिनुभयो ।
उता, बेलबारी नगरपालिका–१० भाउन्ने जङ्गलमा नाम थर वतन खुल्न नसकेकी अन्दाजी २२ वर्षीया एक महिला मृत अवस्थामा भेटिएकी छन् ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरीको टोली खटी अनुसन्धान सुरु गरेको छ ।












प्रतिक्रिया