१ कार्तिक २०८३, आइतबार

नवीन टेबलटेनिसको फाइनलमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ असार । आयोजक नेपाल वायु सेवा निगमका नवीनबहादुर शाक्य अन्तर एयरलायन्स टेबलटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा आइतबार फाइनलमा प्रवेश गरेका छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पहिलो सेमिफाइनलमा नवीनले एयर अरेबियाका प्रज्ज्वल कर्माचार्यलाई ११–३, ११–३ र १२–१० को सोझो सेटमा पराजित गरे ।

नवीनले कतार एयरवेजका कमल श्रेष्ठ र निगमका सुरेशविक्रम हमालबीचको विजेतासंग फाइनलमा सोमबार प्रतिस्पर्धा गर्नेछन् ।

कमलले निगमका प्रितम प्रधानलाई ११–९, ९–११, ११–६ र ११–५ तथा सुरेशले निगमकै राजेश गुरुवाचार्यलाई ४–११, ११–१, ११–२ र ११–४ को सेटमा हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन् ।