
काठमाडौँ, ११ असार । जापानको अध्यागमनले नेपालका दुई नेतालाई अपमानपूर्वक एयरपोर्टबाटै फर्काइदिएको छ । पार्टीको कार्यक्रममा भाग लिन जापान जाँदै गरेका डा बाबुराम भट्टराई नेतृत्वको नयॉं शक्ति नेपालका नेताहरू शंकर भण्डारी र कुमार पौडेललाई एयरपोर्टबाटै फर्काइदिएको खुलासा भएको हो ।
भण्डारी नयाँ शक्तिका प्रदेश प्रादेशिक समितिका उपसंयोजक हुन् भने पौडेल पनि पुरानै नेता हुन् । पौडेल माओवादी हुँदै नयाँशक्तिमा पुगेका थिए ।
पार्टीको भातृ संगठन अन्तर्राष्ट्रिय नेपाली समाज जापानको प्रथम महाधिवेशनमा सहभागी हुन जापान जाने क्रममा शनिबार बिहान उनीहरुलाई राजधानी टोकियोस्थित हानेदा एयरपोर्ट अध्यागमन बिभागले नेपाल फिर्ता पठाइदिएको हो । उनीहरुलाई अध्यागमनले करिव ३ घण्टा नियन्त्रणमा लिएर एयरपोर्टमै थुनेको थियो । भण्डारी र पौडेलसँगै गएका नयॉं शक्ति नेपालका नेता देबेन्द्र पौडेललाई भने अध्यागमनले जापान प्रवेशको अनुमति दिएको थियो ।
पछिल्लोपटक जापानले नेपालीहरुमाथि विशेष निगरानी गर्दै आएको छ ।















प्रतिक्रिया