२१ कार्तिक २०८३, शनिबार

कृषि बजारको स्थापना गौरीशंकरको सपना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दुहवी, ११ असार । नेपाली कांग्रेसले सुनसरी जिल्लाको दुहवी नगरपालिको विकास निर्माण गरी जनतालाई सहज र सुलभ रुपमा सेवा र सुविधा दिन योग्य ठह¥याइ मेयरमा प्रस्तुत गरेका व्यक्तित्व हुनुहुन्छ,गौरीशंकर रौनियार ।

झट्ट हेर्दा सामान्य लाग्ने र चाहिदो कुरा बोल्ने सुनसरी दुहवी वडा नं. ५ का गौरीशंकर रौनियारले समाजमा पु¥याएको योगदान प्रेरणदायी छ । सो क्षेत्रको आर्थिक र सामाजिक उत्थानमा उहाँले आफ्नो जीवनका धेरै वसन्त खर्चनुभएको छ । स्नातक तह पुरा गर्नुभएका गौरीशंकर उनी स्कुल पढ्दादेखि नै राजनीतिमा सक्रिय हुनुहुन्थ्यो।

दुहवी अहिले औद्योगिक क्षेत्रको रुपमा विकसित भैरहेको छ । यहाँ जुट, सावुन, बिस्कुट, चामल, तेल, ध्यू, मासु लगायतका पाँच दर्जन बढी उद्योग छन् । अरु थप उद्योग खुल्ने क्रममा छन् । उद्योग प्रसस्त खुलेर आसपासका बासिन्दाले रोजगारी पाएका छन् ।

तर यस क्षेत्रको व्यवस्थित विकास हुन पाएको छैन् । मेयर निर्वाचित भएपछि व्यवस्थित ढंगले काम गर्ने गौरीशंकरको इरादा छ ।

यहाँ गर्नुपर्ने कामको सूचि लामो छ । औद्योगिक र आवसीय क्षेत्र छुट्ट्याएर दुवै क्षेत्रको व्यवस्थित ढंगले विकास गर्नुपर्ने खाँचो छ । मुलुक संघीयतामा प्रवेश गरेको र सबै प्रदेशमा उद्योगधन्दा खोल्ने प्राथमिकतामा परेकोले यस क्षेत्रमा स्थापित उद्योगहरुलाई थप सुविधा दिने र बाहिर निस्कन नदिने बरु नयाँ उद्योगको लागि प्रोत्साहन नीति ल्याउनु पर्ने खाँचो छ ।

यस क्षेत्रमा गुणस्तरीय शैक्षिक संस्थाहरुको स्थापना, स्वास्थ्य केन्द्र र अस्पतालको निर्माण, स्वच्छ खानेपानीको प्रबन्ध लगायत काम गर्नुपर्ने खाँचो छ । नगरमा पक्की बाटोको सञ्जाल बढाउनु पर्नेछ । गरिब र विपन्न परिवारको आय आर्जनका कार्यक्रम सञ्चालन गर्नुपर्ने अवस्था छ । भैरहेका सामुदायिक विद्यालयका गुणस्तरमा बृद्धि र आधुनिक शिक्षाका लागि नयाँ शैक्षिक संस्थाहरुको स्थापना पनि उहाँका कार्यक्रममा परेका छन् ।

पाँच दशकअघि दुहवी यस क्षेत्रको आर्थिक गतिविधिको केन्द्र थियो । बिराटनगरका व्यापारी सुनसरी दुहवी बजारमा आएर उत्पादित कृषि सामान खरीद गर्थे । त्यतिबेला धेरै किसानले जुट लगाउँने भएकाले व्यापारी साइकलमा आएर खरीदगर्थे, अनि बयलगाडीमा लान्थे तर त्यतिबेला नाम चलेको दुहवी बजारलाई अहिले आएर साख धान्न गाह्रो परेको छ ।

दुहवी गाउँ नै गाउँले भरिएको नगरपालिका हो । त्यसैले दुहवीलाई कृषि बजार केन्द्रको रुपमा विकास गर्ने योजना मेयरका उम्मेदवार गौरीशंकर रौनियारको रहेको छ ।

२०३० सालताका पूर्वमा सवैभन्दा बढी खेलकुद गतिविधि दुहवीमा हन्थे । भारतका ग्यान्टोक, कालिम्पोङ, दार्जीलिङ, कोलकता, कटिहार र भुटानको थिम्पुदेखिका खेलाडीहरु प्रतिस्पर्धाका लागि आउथे । तर, पछिल्लो समय दुहवीमा खेलकुदका गतिविधि सुस्ताएका छन् । काँग्रेसले प्रत्येक वडामा खेलकुदका गतिविधि सञ्चालन गर्ने विषय चुनावी एजेन्डामै समेटेको छ ।