२१ कार्तिक २०८३, शनिबार

धनुषामा शिक्षकद्धारा आफ्नै विद्यालयका प्रधानाध्यापकमाथि गोली प्रहार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा, ११ असार । लक्ष्मीनिया गाउँपालिका–२ स्थित सिनुरजोडा जाने बाटोमा आइतबार गोली प्रहार हुँदा सिनुरजोडा माध्यमिक बिद्यालयका प्रधानाध्यापक धनुषा, जनकपुर उपमहानगरपालिका–७ बस्ने ४६ वर्षीय नरेन्द्र शर्मा गोली लागेर घाइते भएका छन् ।

सोही बिद्यालयका शिक्षक आनन्दकुमार मण्डलले चलाएको ना.२९ प ८४०३ नम्बरको मोटरसाइकलमा सवार शर्मालाई नम्बर नखुलेको कालो रङको मोटरसाइकलमा आएका अपरिचित ब्यक्तिले गोली हानी फरार भएका थिए । तत्काल घटनास्थलमा खटिएको प्रहरीले घाइतेलाई उपचारको लागि जनकपुर अञ्चल अस्पताल पठाएको छ । बायाँ गालामा १ राउण्ड गोली लागेका शर्माको अवस्था गम्भीर रहेको छ ।

गोली प्रहार गर्ने ब्यक्तिको खोजी गर्नुकोसाथै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।