काठमाडौं । अन्ततः नायिका निशा अधिकारी र क्रिकेटर शरद भेषावकरबीच विहे हुने पक्का भएको छ ।
लामो समयदेखि प्रेममा रहेका निशा र शरदले विहे गर्दै सम्बन्धलाई औपचारिकता दिन लागेका हुन् । दुबै जनाबीच आउँदो असार १६ गते विहे हुने कुरा हामीलाई प्राप्त निमन्त्रणा कार्डमा उल्लेख छ । निशा र शरदको बिहे र भोजको निमन्त्रणा कार्ड चलचित्रकर्मी, क्रिकेट खेलाडी, आफन्त र साथीभाइमाझ पुगिसकेको छ । निशा र शरदले असार १८ गते भने बिहे भोजको आयोजना गरेका छन् ।
यसअघि यी दुईबीच ब्रेकअप भएको हल्ला पनि फैलिएको थियो । तर, केही दिन अगाडि चितवन र काठमाडौंको तपोवनमा एकसाथ देखिएपछि यी दुईको सम्बन्ध नबिग्रिएको र विहे नै हुन लागेको खबर बाहिरिएको थियो । यद्यपी प्रेम र विहेबारे निशा र शरदले अहिले मिडियासँग मुख खोलेका छैनन् ।
बिहे बन्धनमा बाधिन लागेका निशा र शरदलाई हाम्रोतर्फबाट बैबाहिक जीवनको शुभकामना ।















प्रतिक्रिया