टीकापुर, १० असार । पारिवारिक पृष्ठभूमि नै राजनीतिक रहेको कमला केसी सानैदेखि नै राजनिितकमा सक्रिय रहनु भएको छ ।
पुराना कम्युनिष्ट नेता मोहनविक्रम सिंहबाट राजनीतिकको प्रेरणामान्ने केसी प्यूठानबाट टिकापुरमा आएपछि निरन्तर राजनीतिक र समाजसेवी कार्यरत रहनु भएको छ । वि.स २०३३ सालमा जन्मिनु भएका उहाँ दाजु पञ्चायतकालमा प्युठान जेलमा भेटन जादा नै राजनीतिक गर्नु पर्छ भन्ने सोच आएको थियो ।
त्यसपछि पनि पञ्चायत शासनका विरुद्ध बुवाले पर्चापम्पलेट बाडदा उहाँको मनमा पनि राजाको शासन ढाल्नका लागि कक्षाबाट नै हसिया हथौडा अंकित कम्युनिष्टको झण्डा वोकी आन्दोलनमा सक्रिय भएकी थिइन ।
बुवा र दाईहरुबाट नै मैले राजनीतिक सिक्ने अवसर पाएकी हु उहाँ भन्नुहुन्छ त्यसपछि म राजनीतिकमा सक्रिय भएकी हु । कम्युनिष्ट नै मुलुकको परिवर्तन गर्न सक्छ भनेर उहाँ विद्यार्थी कालदेखि नै अखिलमा सक्रिय हुनु भएको थियो । केसी यसपटका आसन्न स्थानिय तहको निर्वाचनमा टीकापुरबाट उपमेयरको उम्मेदवार बन्नु भएको छ ।
वि.स २०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा एमालेले कमलालाई पनि अघि सारेको थियो तर पछि प्रेमवहादुर साउदलाई पार्टीले उम्मेदवार बनाएको थियो । उहाँ आफूलाई यसपटक टीकापुरमा सक्रिय भएर राजनीतिक गरेकोले सवैले सहयोग गर्ने बताउनु हुन्छ । टीकापुरमा रहेका दोस्रो जनआन्दोलन सफल पूर्वक सम्पन्न गर्नमा केसीपनि ठूलो भूमिका रहेको छ । “म टिकापुरमा सक्रिय भएर राजनीतिक समाजसेवी गरको व्यक्ति हु” उहाँले भन्नुभयो “ म राजनीतिककर्मी भएकोले मेरो पक्षमा भोट हाल्ने छन् । ”
वि.स २०४७ पछि औपचारिक रुपमा राजनीतिकमा सक्रिय रहनु भएका कमला अखिल छैठोको विद्यालय कमिटीको सचिव पदमा रही काम गर्नु भएको थियो । विद्यार्थी राजनीतिकमा उहाँ वि.स २०४८ देखि २०५० सालसम्म विद्यालय कमिटी समितिको अध्यक्ष,वि.स २०५१ देखि २०५७ सालसम्म अखिल नेपाल महिला संघको प्यूठानको अध्यक्ष रहनु भएको थियो ।
वि.स २०५८ सालदेखि टिकापुर बसाईसराई गरेपछि निरन्तर राजनीतिकमा सक्रिय रहनु भएका केसी अनेमसंघ टिकापुर नगरको सदस्यमा ६ बर्ष काम गर्नु भएका कमला आफू जितेमा टीकापुरको मुहार फेर्न बताउनु हुन्छ । उहाँका योजना टीकापुरलाई सुन्दर र समृद्ध शहर बनाउने योजना रहेको छ ।
उहाँ आफू यहाँको थारु र पहाडीया समाजसंग घुलमिल भएकोले पनि सवैको सहयोग हुने दावी गर्नु हुन्छ । “मसंग सवैलाई मिलाएर लैजाने खुवी छ” उहाँ भन्नुहुन्छ “थारु ,पश्चिम र पूर्वेलीलाई समेट म सक्दछु ।”
वि.स २०६२ ६३ को आन्दोलनमा महिलाको तर्फबाट अग्रिम भूमिका खेल्नु भएको केसीले २०६३ देखि २०६७ सम्म टिकापुर नगरकमिटी सदस्य अनेमसंघ टिकापुर नगरकमिटीको अध्यक्ष रही काम गर्नु भएको थियो । महिला कम राजनीतिकमा सहभागि हुने टिकापुरमा केसीको राजनीतिक प्रति सक्रिय देखेर एमालेले पनि उहाँको कामलाई सराहना गदै आएर अहिले उपमेयरको उम्मेदवार बनाएको हो । एमाले पार्टी अन्य पार्टी भन्दा सक्रिय रहेकोले पनि आफ्नो पार्टीले टीकापुरमा बहुमत सहित जित्नेमा ढुक्क उहाँ ढुक्क हुनुहुन्छ ।
वि.स २०६७ देखि २०७० सालसम्म एमाले कैलाली क्षेत्र नं. १ को क्षेत्रिय कमिटी सचिव र अनेमसघ जिल्ला सदस्य तथा क्षेत्रिय इन्चार्जको रुपमा काम गर्नु भएको छ ।
कैलाली महिला विभाग इन्चार्ज र जिल्ला कमिटी सदस्य रहनु भएका कमला टीकापुरमा बसाई सराई गरेदेखि निरन्तर एमालेमा सक्रिय रहनु भएको छ ।
विभिन्न पत्रपत्रिकामा लेख पनि लेख्दै आउनु भएका केसी सुुदूरपश्चिमा विद्यमान छाउपडी प्रथा र विधुवा महिलामाथि हुने रंगभेदको विरुद्ध अभियन्ताको रुपमा काम गर्नु भएका कमला २०७२ भदौ ७ गतेको घटना यहाँका थारु र पहाडीया लडाउनका लागि अन्य तत्वले घटाएको बताउन हुन्छ ।
यहाँका थारु र पहाडीया बीच सदियौ देखिको सम्बन्ध विर्गान वाहिर तत्वले घटना गराएका हुन उहाँ भन्नुहुन्छ तर हामी त्यो थारु र पहाडीयाको सद्भावलाई विर्गादैनौ ।
उहा सिएमए क्याम्पसका सुदुरपश्चिमको सञ्चालक समिति, टिकापुर वहुमुखी क्याम्पस र विरेन्द्रवहुमुखी क्याम्पसको पनि सल्लाहाकार भई काम गरिसक्नु भएको छ ।
वि.स २०६७ सालदेखि नै मानव अधिकार सचेतना तथा सामाजिक विकास केन्द्र (हुराड्स) कैलालीको उपाध्यक्ष साथै कैलालीका आठ गाविसमा मानवअधिकार महिला अधिकार र सुशासन सम्बन्धि प्रशिक्षण दिनु भएको छ । कमला राजनीतिक मात्र नभए विभिन्न सामाजिक सेवामा पनि सक्रिय रहनु भएको छ ।
उहाँ वाफर नेपाल कैलालीको उपाध्यक्ष,सामुदायिक बनमहासघ जगतपुरको महासचिव, सितल सामुदायिक बनको सचिव,टिकापुर खानेपानी संस्थाको उपाध्यक्ष, नारी शिल्पकला टिकापुरको सचिव, गैरसरकारी महासघ कैलालीको सदस्य रहि काम गरिसक्नु भएको छ ।
यस्तै प्रहरी सेवा केन्द्रको सल्लाहाकार, महिला जागरण वहुउद्देश्य सहकारीका सल्लाहाकार, सामुदायिक विकास केन्द्र उपाध्यक्ष, सामुदायिक अध्ययन केन्द्र टिकापुरको सदस्य रहि सफलतापूर्वक काम गरिसक्नु भएको छ ।












प्रतिक्रिया