२१ कार्तिक २०८३, शनिबार

ओलीको गृहजिल्ला पुगेर रामशरण महतले भने- विकास र समृद्धिको लागि कांग्रेसलाई भोट दिनुस्

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, १० असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले देशमा आर्थिक समृद्धि र विकासको लागि स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी बनाउनुपर्ने बताउनुभएको छ ।

झापा गाउँपालिकामा शनिवार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि डा. महतले देशमा शान्ति संविधान ल्याउन नेपाली कांगे्रसको नेतृत्व सफल भएको उल्लेख गर्दै आर्थिक समृद्धिको नेतृत्व पनि कांग्रेसले नै गर्ने बताउनु भएको थियो ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीले झापा गाउँपालिकालाई आगामी ५ वर्षमा नमूना गाउँपालिकाका रुपमा विकास गरिने बताउनु भयो ।

गाउँपालिका स्तरीय निर्वाचन प्रचार–प्रसार समितिका संयोजक सागिरथप्रसाद गणेशको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा, नेपाली कांग्रेसका तर्फबाट झापा गाउँपालिकामा अध्यक्षका उम्मेद्वार जयनारायण साह, उपाध्यक्षकी उम्मेद्वार बसुन्धरा प्रसाई थपलिया लगायतले मन्तव्य राख्नुभएको थियो ।

सो अवसरमा संघीय लिम्बूवान पार्टीका प्रेमराज लिम्बू, संघीय समाजवादी फोरमबाट इजाइम अलिमा, बुद्धिलाल गणेशको नेतृत्वमा १ सय ५० जना भन्दाबढीले अन्य पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।