– कृष्ण ओझा
पाँचथर, १० असार । नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य अग्नी प्रसाद सापकोटाले अव विकासका योजना अघि बढाउन बजेटको खाँचो नहुने वताएका छन् ।
पाँचथर आइपुगेका सापकोटाले स्थानीय तहको निर्माणले स्थानीय तहमा पर्याप्त बजेट भित्र्याउने बाटो खुलेको छ । माओवादी नेतृत्वको सरकारले स्थानीय तहमा विकास आयोजना अघि बढाउन पुग्ने बजेट विनियोजन गरेकाले विकासका लागि बजेट खाँचो नहुने सापकोटाको तर्क छ ।
उनले विकास लागि स्थानीय तहमा इच्छाशक्ति, दृढता र सवल नेतृत्वको आवश्यकता रहेको बताए । पाँचथर माओवादी केन्द्र हिलिहाङ गाँउपालिका वडा नं. २ ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सापकोटाले यस्तो बताएका हुन् ।
उनले माओवादी नेतृत्वको सरकार सुशासन कायम गर्न, कुटनीतिक समन्वय कायम राख्न र राष्ट्रिय गौरवका आयोजना अघि बढाउन सफल भएको बताए । उनले स्थानीय तहमा माओवादीका जुझारु उम्मेद्वारलाई जिताउन स्थानीय मतदातालाई आग्रह गरे ।
माओवादीले प्राविधिक रुपमा मात्रै कम स्थानीय तह जितेको तर, एजेण्डागत रुपमा पूर्ण रुपमा विजय हाँसिल गरेको दावी गरे । कार्यक्रममा माओवादी केन्द्रका हिलिहाङ गाँउपालिका प्रमुखका उम्मेद्वार रविन तिम्सिना, उपप्रमुखका उम्मेद्वार एलिसा वाग्ले, हिलिहाङ गाँउपालिका २ नं. वडाका अध्यक्षका उम्मेद्वार मदनभट्टराई लगायतले सम्बोधन गरे ।
कार्यक्रममा हिलिहाङ गाँउपालिका वडा नं. ५ का संघीय समाजवादी फोरमका उपाध्यक्ष श्रीप्रसाद योङहाङ, संघीय लिम्बुवान
पार्टीका स्थानीय नेता बाबुराम योङहाङ, एमालेका खगेन्द्र मंग्राती लगायतमाओवादी केन्द्रमा प्रवेश गरे ।
पाँचथरमा हिमाल आरोही सुशील सम्मानित
पाँचथर जिल्लाको पहिलो सगरमाथा आरोही यूवा शुसील शेर्पालाई शनिबार चार पत्रकार संगठनले सम्मान गरेका छन् ।
सदरमुकाम फिदिममा एक कार्यक्रमको आयोजना गरी आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) पाँचथर, लिम्बू पत्रकार संघ, किरात राई पत्रकार संघ र तामाङ सञ्चारकर्मी समूह पाँचथरले संयुक्त रुपमा शेर्मालाई सम्मान गरेका हुन् ।
पाँचथर जिल्लाको प्रतिनिधित्व गर्दै विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर जिल्लाको प्रतिष्ठालाई उच्च बनाएका छन ।
पाँचथरका संचार सस्थाहरुले शेर्मालाई सम्मान गरेको लिम्बू पत्रकार संघका केन्द्रीय उपाध्यक्ष बिजयबोध लाओतीले बताए । शेर्पालाई कार्यक्रमका प्रमुख अतिथि फोनिजका पूर्वाञ्चल संयोजक तथा कान्तीपूर पाँचथर सम्वाददाता शाहीमान राईले दोसल्ला ओढाइ सम्मान–पत्र दिएर सम्मान गरेका थिए ।
सम्मान ग्रहण पछि बोल्दै शेर्माले अब बाँकि छ महादेशको पनि हिमाल आरोहण गर्ने बताए । २०६८ देखि हिमाल आरोहणको यात्रा सुरु गरेका शेर्माले तेस्रो पटकको प्रयासमा गत जेठ छ गते सगरमाथाको आरोहण गरेका थिए ।














प्रतिक्रिया