१ कार्तिक २०८३, आइतबार

आईओएफटीसीलाई सक्दो सहयोग गर्छौं : दाहाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असार । युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश दहालले नेपालमा हुने १२ औं अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) लाई खेलकुद मन्त्रालयले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

अमेरिकाको पोर्टल्यान्डमा भएको आईओएफटीसीको बैठकमा सहभागी हुने क्रममा सचिव दहालले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् ।

‘च्याम्पियनसिपका लागि बजेटको व्यवस्था पनि गरेका छौं । अन्य कुरामा पनि मन्त्रालयले सक्दो सहयोग गर्नेछ ।’– बैठकमा सचिव दहालले भनेको कुरालाई उद्धघृत गर्दै आईओएफटीसीका टुर्नामेन्ट डाइरेक्टर दिवाकर महर्जनले भने ।

बैठकमा च्याम्पियनसिपलाई व्यवस्थित र सफलतापूर्वक सम्पन्न गर्ने विषयमा पनि छलफल भएको महर्जनले जानकारी गराए ।

दुई वर्षको अन्तरालमा हुने च्याम्पियनसिप २०१८ को जनवरी पहिलो साता सुनसरीको इटहरीमा हुँदैछ । २०१६ मा पोर्टल्यान्डमै सम्पन्न च्याम्पियनसिपको ११ औं संस्करणको समापनका अवसरमा १२ औं संस्करण नेपालमा हुने घोषणा गरिएको थियो । त्यसबेला आयोजकले राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टलाई झण्डा समेत हस्तान्तरण गरेको थियो ।

केहि महिनाअघि महर्जन च्याम्पियनसिपका लागि भौतिक पूर्वाधारलगायतको अवलोकलन गर्न पोर्टल्यान्डबाट इटहरी आएका थिए ।

पोर्टल्यान्डमै आईओएफटीले आयोजना गरेको तेक्वान्दो ग्रेजुएसन कार्यक्रम र ओलम्पिक डेका अवसरमा आयोजित पिस वाकमा पनि सचिव दहाल प्रमुख अतिथिका रुपमा सहभागी भए । सचिव दहाल आइतबार क्यानाडा जाँदैछन् ।

युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन (युयुएनटीएफ) का अध्यक्ष आठौं दक्षिण एसियली खेलकुदअन्तर्गत तेक्वान्दोका स्वर्णधारी राजकुमार राईको अध्यक्षतामा बस्ने युयुएनटीएफको बैठकमा सहभागी हुन सचिव दहाल क्यानाडा जान लागेको महर्जनले जानकारी गराए ।