संखुवासभा, १० असार । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले संविधान निर्माण गर्ने पार्टीले नै आर्थिक विकास गर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेस संखुवासभाले शनिबार तुम्लिङटारमा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै नेता सिंहले नेपालका हरेक क्रान्ति कांग्रेसको नेतृत्वमा भएको दाबी गरे । उनले अबको आर्थिक विकास पनि कांग्रेसको नेतृत्वमा हुने बताए ।
उनले भने, ‘कांग्रेसले मुलुकलाई धेरै ठूलो आन्दोलन गरेर जोगाएको छ । धेरै योगदान गरेको छ । त्यसैले कुन पार्टीलाई भोट दिने भन्ने कुरा तपाईहरू आफै विचार गर्नुहोस् ।’
‘२०६२/०६३ सालको जनआन्दोलन होस् वा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन गिरिजाप्रसाद कोइरालाले गर्नुभएको योगदान र दोस्रो संविधानसभामार्फत संविधान निर्माण गर्न सुशील कोइरालाले खेलेको भूमिका स्मरणीय छ’, उनले भने ।
कांग्रेस संखुवासभा क्षेत्र नं २ का सांसद दीपक खड्काले देशको विकास गर्ने हो भने कांग्रेसलाई भोट दिनुपर्ने बताए । उनले भने, ‘देशका हरेक परीवर्तन कांग्रेसले गरेको छ । अब आर्थिक संबृद्धि पनि कांग्रेसले नै गर्छ ।’
सांसद तारामान गुरुङ, जिल्ला सभापति दीपनकुमार श्रेष्ठलगायतले संखुवासभाको विकासका लागि कांग्रेसको जित अनिर्वाय रहेको बताए ।













प्रतिक्रिया