काठमाडौं, १० असार । बारा जिल्लाको छातापिपरा चोकमा अपरिचित समूहले कालिका कन्ट्रक्सनको स्काभेटरमा आगजनी गरेर क्षति पुर्याइ दिएको छ ।
८/१० जनाको संख्यामा शुक्रबार आएको अपरिचित समूहले बारा जिल्लाअन्तरगत वीरगञ्ज–पथलैया सडकखण्डको छातापिपरा चोकमा कालिका कन्ट्रक्सनको बा. १ ख. ७१३४ नम्बरको स्काभेटरका आगो लगाएर क्षति पुर्याइ दिएको हो ।
स्थानीय प्रहरी उच्च स्रोतका अनुसार स्काभेटरमा भएको आगजनीमा नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले गरेको हुन सक्ने प्रारम्भीक अनुमान गरिएको छ । नेकपाले भने सो घटनाका विषयमा केही बोलेको छैन ।
कालिका कन्ट्रसनको सो स्काभेटरमा किन र केका लागि आगजनी भएको हो कसैले जिम्मेवारी लिएको छैन ।
कालिका कन्ट्रक्सन राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवम् पूर्वमन्त्री बिक्रम पाण्डेको कम्पनी हो । बेलाबेला विवादमा आइरहने यो कम्पनीले बारा जिल्लामा सडक विस्तारको ठेक्का लिएको छ ।












प्रतिक्रिया