२१ कार्तिक २०८३, शनिबार

लमही नगरमा द्रोपता पौडेलको पक्षमा एकाएक माहोल बन्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लमही, १० असार । दाङको देउखुरी उपत्यकास्थित लमही नगरपालिकाको मेयर पदमा उम्मेदवार बनेकी द्रोपता पौडेलले आफ्नो उम्मेदवारी समग्र विकासका लागि रहेको दाबी गरेकी छिन् ।

नेकपा (माओवादी केन्द्र)को तर्फबाट लमही नगरपालिकाको मेयर पदमा उम्मेदवार बनेकी पौडेलले आफूले जितेपछि नगरमा शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता विषयलाई प्राथमिकताका साथ अगाडि बढाउने बताइन् ।

उनले भनिन्, ‘अरु दलले महिलालाई नगरपालिकाको प्रमुखमा उम्मेदवार बनाएका छैनन् । तर, दाङ जिल्लाको मेयर पदमा उम्मेदवार बनेकी पहिलो महिला हुँ । मतदाताको साथ र समर्थन छ ।’

विद्यार्थीकालदेखि राजनीति सुरु गरेकी पौडेल प्रवीणता तह उत्तीर्ण हुन् । प्यूठान जिल्लामा जन्मिएकी पौडेलले दोस्रो जनआन्दोलन ०६२–६३ मा नागरिक समाज देउखुरीको संयोजक पनि थिइन् ।

माओवादी केन्द्रले लमही नगरमा उपमेयरमा कालुराम चौधरीलाई टिकट दिएको छ । चौधरीले माओवादी केन्द्रको पक्षमा लमही नगरपालिकामा माहोल बन्दै गएको दाबी गरे । उनले भने, ‘मेयर पदकी उम्मेदवार द्रोपता पौडेलज्यूको पक्षमा स्थानीयले राम्रो प्रतिक्रिया दिएका छन् ।’