४ कार्तिक २०८३, बुधबार

सुटुक्क प्रचण्डलाई भेट्न लाजिम्पाट पुगे कुलमानसिंह घिसिङ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असार । सुदूरपश्चिमको लोडसेडिङ अन्त्य गर्ने विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग छलफल गरेका छन् ।

चुनावी अभियानका क्रममा तीन दिनअघि सुदूरपश्चिम पुगेका अध्यक्ष दाहाललाई कञ्चनपुरका स्थानीयले देशका अधिकांश ठाउँमा लोडसेडिङ हटे पनि सुदूरपश्चिममा लोडसेडिङ अन्त्य नभएको गुनासो गरेका थिए ।

शनिबार बिहान धनगढीबाट काठमाडौं आएका अध्यक्ष दाहालले कुलमान घिसिङलाई आफ्नो निवास लाजिम्पाट बोलाएर सुदूरपश्चिममा लोडसेडिङ अन्त्य गर्न निर्देशन दिएका हुन् ।

दाहालले कार्यकारी निर्देशक घिसिङसँग सुदूरपश्चिममा लोडसेडिङको समस्या कम नभएको जानकारी गराउँदै तुरुन्त लोडसेडिङ अन्त्य गर्न निर्देशन दिएको निजी सचिवालयद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।

भेटमा कार्यकारी निर्देशक घिसिङले सुदूरपश्चिममा ट्रान्समिसन र ट्रान्सफर्मरको समस्या रहेको बताउँदै तीन–चार दिनभित्रै प्रविधिमा सुधार गरी सुदूरपश्चिमको लोडसेडिङ अन्त्य गर्ने प्रतिवद्धता जनाएका छन् ।