काठमाडौं, १० असार । अभिनेता दीपकराज गिरीले आफू कुनै पनि दलको व्यक्ति नरहेको दाबी गरेका छन् ।
नेपाली रेडियो नेटवर्कमा शनिबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै अभिनेता गिरीले भने, ‘म कुनै पनि दलका होइन । कलाकार हुँ ।’
कुन दललाई समर्थन गर्नु हुन्छ भन्ने प्रश्नको जवाफमा गिरीले भने, ‘मलाई कांग्रेसले एमाले देख्छ । एमालेले कांग्रेस ।’
स्थानीय तहको पहिलो चरणको निर्वाचनमा आफू रहेको नगरपालिकाका मेयर र उपमेयर, वडाध्यक्ष र सदस्यहरूलाई मतदान गरेको बताएका अभिनेता गिरीले भने, ‘मैले व्यक्ति हेरेर मतदान गरेको हुँ । केही नयाँ अनुहारलाई मतदान गरेँ ।’
कांग्रेस र एमालेमध्ये कुन दलको उम्मेदवारलाई मतदान गर्नु भयो भन्ने प्रश्नको जवाफमा गिरीले भने, ‘गोप्य मतदान गरेको हुँ । भन्न मिल्दैन ।’
पछिल्लो समय एमाले निकट देखिएका अभिनेता गिरी केपी ओलीको समर्थनमा फेसबुकमा स्ट्याटस लेख्दै आएका छन् ।















प्रतिक्रिया