१ कार्तिक २०८३, आइतबार

लैनचौरलाई पाँच स्वर्ण

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असार । आयोजक लैनचौर तेक्वान्दो डोजाङले क्षेत्र नं. ६ व्यापी तेक्वान्दो प्रतियोगिताको पहिलो दिन शुक्रबार ५ स्वर्ण जितेको छ । ६ स्वर्णका लागि प्रतिस्पर्धा भएको दिन १ स्वर्ण मनमैजुले हात पार्न सफल भयो ।

ठमेलस्थित जिएए हलमा भएको प्रतियोगिताको पुरुष १८ केजीमुनि आयोजकका सुशान्त भुजेलले स्वर्ण जिते । उनले फाइनलमा आदर्श योग हरि माविका रोहन भुजेललाई पराजित गरे । २३ केजीमुनि आयोजकका निरज कार्की शीर्ष स्थानमा रहे ।

उनले उपाधि भिडन्तमा न्यु क्रिएटिभका प्रशान्त पुन मगरलाई हराए । २७ केजीमुनि आयोजकका रेक्स बलामी पहिलो भए । उनले मनमैजुका राजेश खत्रीलाई हराए ।

३० केजीमुनि आयोजकका स्विकार रजकले फाइनलमा आदर्शका आयुश श्रेष्ठलाई पाखा लगाउदै स्वर्ण जिते । ३७ केजीमुनि आयोजकका निर्मल कार्की च्याम्पियन बने । उनले सिर्जनाका विशाल विकको चुनौती समाप्त पारे ।

मनमैजुकी ओजल्मा तामाङले महिला २१ केजीमुनिको उपाधि हात पारिन् । फाइनलमा ओजल्माले आयोजककी आकृतिलाई निराश पारिन् ।

प्रतियोगिताको नेपाली कांग्रेस काठमाडौं जिल्ला सभापति कृष्ण बानियाँले एक कार्यक्रमबीच उद्घाटन गरे । दुईदिने प्रतियोगितामा २ सय खेलाडीले विभिन्न १७ स्पर्धामा प्रतिस्पर्धा गरिरहेको आयोजक प्रमुख गौरव रजकले जनाएका छन् ।