
काठमाडौं, ९ असार। नेकपा एमालेको निर्देशनपछि काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जनप्रतिनिधिहरुलाई मोबाइल बाँड्ने निर्णय फिर्ता लिएका छन् ।
जनप्रतिनिधिहरुलाई ३० हजारको मोबाइल बाँड्ने महानगर नगर कार्यपालिकाको निर्णयले शुक्रबार एमालेभित्र पनि प्रवेश पाएको थियो । महानगरको यो निर्णयबाट एमालेका शीर्ष नेताहरु चिढिएका थिए । सामाजिक सञ्जालमा पनि चर्को विरोध भएको थियो ।
पार्टीकै निर्देशनपछि शुक्रबार साँझ बसेको बैठकमा मेयर शाक्यले काठमाडौं महानगरका निर्वाचित जनप्रतिनिधिहरुलाई मोबाइल बाड्ने निर्णय तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको स्रोतले बतायो ।
मेयर शाक्यले जनताको कामलाई प्रभावकारी बनाउने पवित्र उद्देश्यले निर्णय गरे पनि यसलाई राजनीतिकरण गरिएको बताएका छन् ।















प्रतिक्रिया