चितवन, ९ असार । नारायणगढ मुग्लिन सडक खण्डको कालिखोलामा आज विहान गएको पहिरोमा परी प्रहरी पुरिएसँगै हतियार पनि हराएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरोमा चार जना प्रहरी चढेको भ्यान पुरिनुका साथै प्रहरीका हतियारहरुसमेत हराएका हुन् । जसमा दुई थान एसएलआर बन्दुक र त्यसमा लाग्ने सय थान गोली रहेको छ ।
भ्यानमा रहेका चारजना प्रहरीमध्ये दुईजनाको शव भेटिएको छ । दुईजना प्रहरी अझै हराइरहेका छन् ।
इलाका प्रहरी कार्यालय मुग्लिनको ना १ झ १३९० नम्बरको भ्यानमा चढेर प्रहरीहरु बिहीबार राति चार किलोमा भएको पहिरो खुलाउन गएका थिए । राति ११ बजे गएको पहिरो सफा गरेर एक बजे मुग्लिन फर्कदै गर्दा कालिखोला नजिक अर्कै पहिरोमा परेर उनीहरु चढेको गाडी वेपत्ता भएको थियो ।











प्रतिक्रिया