चरिकोट, ९ असार । भूकम्प पछाडिको पुनर्निर्माण कार्य दोलखा जिल्लामा २० प्रतिशतले काम नाघेको छ । पुनर्निर्माण औसत दर ५ प्रतिशत रहेका बेला दोलखामा निर्माण कार्य निकै अघि बढेको हो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समिति कार्यालय दोलखाको तथ्याङ्क अनुसार दोलखा जिल्लामा १२ हजारभन्दा बढी घरपरिवारले दोस्रो किस्ता रकम लिएर धमाधम घरहरु बनाईरहेका छन् ।
हालसम्म प्राधिकरणसँग ५२ हजार ३ सय ३३ सेवाग्राहीको नामावली रहेको छ । जसमध्ये ४९ हजार ३ सय ८६ जनाले घर निर्माणको सम्झौता गरेका छन् । ४६ हजार जनाले पहिलो कस्ता रकम बुझेका छन् ।
भूकम्प प्रभावित अन्य जिल्लाको काम निकै पछाडि रहँदा दोलखा धेरैै अगाडि बढेकोमा खुशी ब्यक्त गर्नुहुन्छ, प्राधिकरणका प्रमुख सागर आचार्य ।
















प्रतिक्रिया