३ कार्तिक २०८३, मंगलबार

परिणितीले ऋतिकसँग रोमान्स गर्ने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । विकास बहलको नयाँ फिल्ममा परिणिती चोपडाले ऋतिक रोशनसँग अनस्क्रिन रोमान्स गर्ने भएकी छन् । परिणिति क्षमतावान नायिका भएको टिप्पणी गर्ने निर्देशक बहलले यो चलचित्र आनन्द कुमारको जीवनीमा आधारित हुने बताए ।

फिल्मको नाम ‘सुपर ३०’ राखिने भए पनि अहिलेसम्म पक्का भइसकेको छैन । आनन्द सुपर ३० का संस्थापक हुन् भने उनी पटनाका गरिब एवं जेहेन्दार विद्यार्थीलाई आईटीसम्बन्धी शिक्षा दिन्छन् ।

पछिल्लो समय परिणितीले फिल्ममा अभिनय गरेर जस पाउन सकेकी छैनन् । यो वर्ष उनको मुख्य भुमिका रहेको ‘मेरी प्यारी बिन्दु’ रिलिज भएको थियो ।

उक्त फिल्मको व्यापारिक नतिजा खराब भए पनि परिणितीको अभिनयको राम्रै तारिफ भएको थियो । अजय देवगणसँग गोलमान रिटन्र्समा काम गरेकी परिणिती उक्त फिल्मप्रति भने आशावादी छिन् । – एजेन्सी