४ कार्तिक २०८३, बुधबार

एनसेलले ल्यायो ‘इन्टरनेशनल कल प्याक’ २० मुलुकमा कल गर्न सकिने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असार । एनसेलका ग्राहकले नेपाल बाहिर रहेका आफ्ना परिवार तथा साथीभाईसँग अब अझ सुलभ दरमा कुरा गर्न सक्ने छन् ।

एनसेल प्राइभेट लिमिटेडले आफ्ना ग्राहकका लागि आकर्षक ‘इन्टरनेशनल कल प्याक’ ल्याएको छ । जसअन्तर्गत एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले विश्वका २० मुलुकमा कर सहितमात्र रु २.५० प्रतिमिनेटमा कुरा गर्न सक्ने छन् ।

शुक्रबारदेखि लागू हुने यस कलप्याक योजनाअन्तर्गत एनसेलका सबै ग्राहकले कर सहित रु २५ मा १०मिनेट अन्तर्राष्ट्रिय टक टाइमबाट फाइदालिन सक्ने छन् ।

यो टक टाइम ग्राहकले भारत, चीन, अमेरिका, युके, क्यानडा, हङकङ, अस्ट्रेलिया, जापान, जर्मनी, सिङ्गापुर, दक्षिण कोरिया, बङ्गलादेश, साइप्रस, भुटान, फ्रान्स, स्पेन, डेनमार्क, इजराइल, बेल्जियम र इटालीमा सुलभ दरमा कुरा गर्न प्रयोग गर्न सक्ने छन् ।

यो योजनाअन्तर्गत सुलभ दरमा अन्तर्राष्ट्रिय कलको लाभ लिन एनसेलका ग्राहकले १७१०७ डायल गरी निर्देशनअनुसार प्याक सुचारु गर्न सक्ने छन् ।

त्यसैगरी ग्राहकले एस्ट्रिक्स १७१०७ ह्यास डायल गरी निर्देशनअनुसार वा अंगे्रजी अंक १० टाइप गरी १७१०७ मा एसएमएस पठाएर पनि यो प्याक सुचारु गर्न सक्ने छन् । ग्राहकहरुले आफ्नो आवश्यकताअनुसार यो प्याकजति पटक पनि लिन सक्ने छन् ।