ललितपुर, ८ असार । नेपाली कांग्रेसका कोहलपुर नगरपालिकाका मेयर र उपमेयरहरुलाई मतदाताहरुले गरेको स्वागत–सत्कार हेर्दा प्रचार अभियानमा लाग्नेहरु छक्क परेका छन् । स्थानीय वडा अध्यक्ष र सदस्यहरुको साथमा मेयर र उपमेयरका उम्मेदवारहरु जुन जुन वडामा पुग्नुहुन्छ, त्यहाँ यस्तो भव्य स्वागत हुन्छ कि मानौ उहाँहरु नगरको विकासको निमित्त देवदूत नै बनेर आउनुभएको छ । टिका–टाला, फूल–माला, सगुन–प्रसाद साच्चै अचम्मै लोभलाग्दो प्रचार अभियान भएको छ, कोहलपुर कांग्रेसको ।
मानो रोपेर मुरी उब्जाउने सपना बोकेका मतदाताको घर खेतमा प्रचार आभियानमा जाने कार्यकर्ताको पनि उस्तै उत्साह छ । बिहिबार वडा नं. ५ मा भएको प्रचार अभियानमा पनि मतदाताहरुले कांग्रेस उम्मेदवारहरुप्रति असीम विश्वास देखाए । अभियानमा नगरपालिकामा कांग्रेसका मेयर उम्मेद्वार भानुभक्त भट्टराई, उपमेयर उम्मेद्वार सञ्जुकुमारी थारु, वडाध्यक्ष पदका उम्मेद्वार विष्णु तिवारी सहितको टिमलाई वडाका जेष्ठ नागरिकहरुले निर्वाचनमा विजयी बन्न आशिर्वाद समेत दिएका छन् ।
मतदाताहरुको असाध्यै माया र सद्भाव पाएका मेयर उम्मेद्वार भट्टराईले नगरपालिका अन्र्तगतका सबै स्थानीय तहमा नेपाली काँग्रेसले नै विजय हासिल गर्ने विश्वासका साथ भन्नुभयो, “जुन वडा तथा टोलमा नेपाली काँग्रेसको पकड कम छ भनेर प्रचार गरिएको थियो, तिनै वडा तथा टोलहरुमा मतदाताहरुको ठूलो साथ र सहयोग हामीले पाएका छौ ।”
वडा नं. ५ को शन्तिनगर, एनसिसिएन, उदयनगर, प्रगतिनगरमा मतदाताहरु स्वःस्पूmर्त रुपमा घरदैलो कार्यक्रममा सहभागी भएका थिए । मतदाताहरु मेयर, उप मेयर र वडाका पदाधिकारीलाई हातमा पूmल माला लिएर स्वागत गर्न आतुर देखिएका थिए । घरैपिच्छे मतदाताहरुले आफूहरुलाई फूल–माला, अविरले स्वागत गरेपछि निर्वाचन अघि नै विजयी भइसकेको भान भएको उपमेयर पदकी उम्मेद्वार सञ्जुकुमारी चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “ हामीले निर्वाचन जितिसक्यौ, मतदानको औपचारिक प्रकृया पूरा गरी घोषणा गर्नमात्र बाँकी छ ।”
घरदैलो कार्यक्रमका बीच आयोजना गरिएको चुनावी कोणसभामा मेयर उम्मेद्वार भट्टराईले सम्बृद्ध कोहलपुर बनाउने अभियानबाट आफू कहिल्यै पनि विचलित नहुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बिहिबार वडा नं. ५ को घरदैलो कार्यक्रम पछि वडा नं. ६ को थारु गाउँमा चुनावी कार्यक्रम आयोजना गरिएको नेपाली काँग्रेस कोहलपुरले जनाएको छ ।













प्रतिक्रिया