९ मंसिर २०८३, बुधबार

बाबुरामलाई झट्काः नयाँ शक्तिकी मेयर उम्मेदवार माओवादी केन्द्रमा प्रवेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगञ्ज, ८ असार । नयाँ शक्ति नेपाल पार्टीबाट नेपालगञ्ज उपमहानगरपालिकाकी मेयर उम्मेदवार जयकुमारी खड्का माओवादी केन्द्र प्रवेश गरेकी छन् ।

माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्ड नेपागञ्ज आएका बेला वडा नम्बर ४ का वडाध्यक्ष उम्मेदवार त्रिलोक पाण्डेसँगै जयकुमारी माओवादी केन्द्रमा प्रवेश गरेकी हुन् ।

बिहीबार नेपालगन्जमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नवप्रवेशीलाई पार्टीमा भित्र्याएकोे पार्टीका जिल्ला इन्चार्ज आइपी खरेलले जानकारी दिए ।

नेपालगञ्जमा नयाँ शक्तिले संघीय समाजवादी फोरमसँग तालमेल गरेर उम्मेदवारी दिएको थियो । उपमेयरमा फोरमी ममता बनियाँ उम्मेदवार छन् ।