पाँचथर, ८ असार । नेकपा एमाले संसदीय दलका उपनेता एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले जनप्रतिनिधिहरु माथिल्लो सभा (केन्द्रीय संसद)मा भोट हाल्न आतुर रहेको बताएका छन् ।
तोकिएको स्थानीय निर्वाचनलाई सरकारले सार्नु न्यायोचित नभएको भन्दै उनले स्थानीय निर्वाचनबाट चुनिएका प्रतिनिधिको अधिकार संविधानले दिएकाले भोट आतुर भएको बताएका हुन् ।
बिहिबार प्रेस चौतारी पाँचथरले आयोजना गरेको पत्रकार सम्मेलनमा नेम्वाङले सरकारको कामप्रति असन्तुष्टि जनाए ।
मधेसवादी दलको संबिधान संशोधनबारे एमाले अनुदार नभएको बताए । तीन तहको निर्वाचनपछि संशोधन गर्न सकिने एमालेको बटमलाइन भएको जनाए ।
पूख्र्याैली थलो फिदिम आएका नेता नेम्वाङले निरंकुशताका बिरुद्ध आफू कियाचू स्थापना गर्ने सस्थापक भएको बताए ।
सरकारले चुनावको मुखमा पूर्वलडाकूहरुको अरबौ रकम निकासा गरेकाले आचारसंहिता उलंघन गरेको बताए । एमालले त्यसको बिरोध गर्ने जनाएका छन ।
नेम्वाङले ७४ माघभित्र ६ प्रदेश सभाको विर्वाचन हुने र माथिल्लो सभामा भोट लगाउने संविधानले दिएको प्रष्ट पारे । नेम्वाङले विर्बाचन सारेर सरकार संबिधान कार्यान्वयनमा पछि हट्न लागेको आरोप लगाए ।













प्रतिक्रिया