काठमाडौं, ८ असार । राजनीतिक दृष्टिकोण, मूल्य र मान्यताका हिसाबले साझा पार्टीसंग निकट रहेको विवेकशील नेपाली दलले आगामी असार १४ गते हुने स्थानीय तहको दोश्रो चरणको निर्वाचनको सिलसिलामा केही स्थानहरुमा आफ्ना उमेदवारहरु घोषणा गरेको छ।
विवेकशील नेपाली दलद्वारा घोषित झापाको दमक नगरपालिको मेयर, केराबारी गाउँपालिका-९ को वडाअध्यक्ष लगायत विभिन्न स्थानीय तहका उमेदवारहरुलाई आफ्नो पार्टीको समर्थन र सहयोग रहने साझा पार्टीका प्रवक्ता डा. सुर्यराज आचार्यले जानकारी दिए । ‘विवेकशील दलका उमेदवारहरुलाई मतदान गर्न सम्पूर्ण पार्टी सदस्य, सुभेच्छुक तथा सम्बन्धित क्षेत्रका मतदाताहरुमा हामी हार्दिक अनुरोध गर्दछौं,’ उनले भने ।













प्रतिक्रिया