९ मंसिर २०८३, बुधबार

नेपालगन्जमा सुशील कोइरालाको नाम लिँदै प्रचण्डले भने -‘अब तपाईंहरुको अभिभावकत्व म लिन्छु’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– आकाश देबकोटा

बाँके, ८ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनपछि आफूहरुमाथि सौतेनी व्यवहार हुन्छ कि भन्ने चिन्ता नगर्न नेपालगञ्जबासीलाई आग्रह गरेका छन् । नेपालगञ्जको अभिभावकत्व आफूले लिने समेत प्रचण्डले घोषणा गरेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिकामा बिहीबार आयोजित माओवादी केन्द्रको चुनावी सभामा पार्टी उम्मेदवारलाई भोट माग्दै प्रचण्डले केन्द्रमा सिधै कुरा राख्ने कोही नेता भएन भनेर चिन्ता नगर्न समेत प्रचण्डले मतदाताहरुलाई आग्रह गरेका छन् । प्रचण्डले भने– ‘टुहुरो जस्तो भइयो । सैतेनो व्यवहार हुने हो कि भन्ने चिन्ता रहेको पाएँ । तपाईहरुको अभिभावकत्व म ग्रहण गर्नेछु ।’

माओवादीका मेयरका उम्मेदवार दामोदर आचार्यसँग आफ्नो हटलाइन सम्पर्क रहेको जानकारी गराउँदै भने– ‘म दामोदरमार्फत नेपालगञ्जमा हुने गतिविधिमा सिधै सहयोग गर्नेछु । प्रचण्ड प्रत्यक्ष रुपमा तपाईहरुको साथमा छ । विकास निर्माणमा हेडक्वाटर र सरकार साथमा छ ।’ पूर्वाधारका केही समस्या रहेकाले नेपालगञ्जलाई अहिले नै महानगर बनाउन नसकिएको भन्दै पूर्वप्रधानमन्त्री प्रचण्डले केही समयकै अन्तरालमा नै नेपालगन्ज उपमहानगरपालिकालाई महानगर बनाउन पहल गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

नेपालगञ्जलाई औद्योगिक हब बनाउन पहल गर्ने आश्वासन समेत प्रचण्डले नेपालगन्जवासीलाई दिएका छन् । आफू प्रधानमन्त्री नभएपछि आफ्नो पार्टी सरकारमा रहेको भन्दै उनले भने– नेपालगञ्जलाई कदापी पछि पर्न दिइने छैन । पश्चिम नेपालको हब बनाउछौं ।’