९ मंसिर २०८३, बुधबार

गोर्खाल्याण्डको समर्थनमा इलाममा प्रदर्शन, कांग्रेस नेतृ सुजाता पनि सहभागी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम, ८ असार । गोर्खाल्याण्डको मागसहित दार्जिलिङमा चर्किएको आन्दोलनलाई समर्थन जनाउँदै इलाममा प्रदर्शन भएको छ ।

इलाममा रहेका नेपाली तथा दार्जिलिङ लगायतका क्षेत्रबाट बिहे गरेर आएका चेलीहरुले मिलेर इलाम सदरमुकाममा प्रदर्शन गरेका हुन् । उनीहरूले ठूलो टुँडिखेलदेखि मालापथ हुँदै चोकबजारसम्म र्याली प्रदर्शन गरेका थिए ।

‘माइती दार्जिलिङ समूह’ले आयोजना गरेको प्रदर्शनमा ‘वि वान्ट गोर्खाल्यान्ड’, ‘गोर्खाहरू आतंककारी होइनन्’, जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर दुई भन्दा बढी सहभागीले पश्चिम बंगाल सरकारको दमनविरुद्ध नाराबाजी गरे । उनीहरुले एक सय १० वर्ष पुरानो अस्तित्व मेटाउन नहुने समेत बताए ।

नेपाली कांग्रेस केन्द्रीय सदस्य सुजाता परियारसमेत र्याली समापन समारोहमा सहभागी भएकी थिइन् ।

पश्चिम बंगाल सरकारले नेपाली भाषी बसोबास रहेको दार्जिलिङमा अनिवार्य बंगाल भाषा लागु गर्ने घोषणा गरेपछि सो क्षेत्रमा गोर्खा जनमुक्ति मोर्चाको अगुवाईमा आन्दोलन चर्किएको छ । आन्दोलनका पक्षमा दार्जिलिङसँगै सिक्किममा पनि प्रदर्शन भइरहेको छ । यसक्रममा तीन जना प्रदर्शनकारीको सेनाको गोली लागेर मृत्यु भइसकेको छ ।