४ कार्तिक २०८३, बुधबार

एनआईसी एशिया बैंकद्धारा ‘कस्टमर रिटेल लोन ट्रेकिङ्ग सिस्टम’को सुरुवात

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ असार । एनआईसी एशिया बैंकले कस्टमर रिटेल लोन ट्रेकिङ्ग सिस्टम (सीआरएलटीएस) को सुरुवात गरेको छ ।

आफ्ना सेवाग्राहीहरुलाई सधै उत्कृष्ट बैकिङ्ग सेवा प्रदान गर्नेे दीर्घकालीन सोच हासिल गर्ने एक कदम स्वरुप बैंकमा रिटेल लोनको लागि आवेदन दिने ग्राहकहरुले कर्जा स्वीकृतका हरेक चरणको अपडेट स्टाटस हेर्न मिल्ने कस्टमर रिटेल लोन ट्रेकिङ्ग सिस्टमको सुरुवात गरिएको बैंकले जनाएको छ ।

बैंकका प्रमुख सूचना अधिकृत रोशन कुमार न्यौपानेका अनुसार सीआरएलटीएसद्वारा उच्चतम प्रविधिको प्रयोग गर्दै, बैंकले एसएमएसमार्फत सम्पूर्ण रिटेल कर्जाका आवेदकहरुलाई आफ्नो कर्जा निवेदनको स्टाटसबारे जानकारी दिनेछ । जसमा बैंकको कर्जा निवेदन प्राप्त गर्ने देखि कर्जा रकम ग्राहकको खातामा भुक्तानी गर्ने सम्मको चरणहरु पर्दछन् ।

ग्राहकले बैंकको आधिकारिक वेबसाइट मार्फत निवेदन नम्बर र मोबाईल नम्बरका आधारमा कर्जा निवेदनको प्रगति हेर्न सक्नेछन् । यो सेवा बैंकको हालको सम्पूर्ण ११७ शाखाहरुबाट उपयोग गर्न सकिने छ ।

बैंकले सम्पूर्ण ग्राहकहरुलाई यो विशेष सेवाको प्रयोग गरी लाभ लिन अनुरोध समेत गरेको छ ।