मुम्बई । शाहरुख खानकी श्रीमती गौरी खानले मुम्बईमा आफ्नो रेष्टुरेन्टको सुरुवात गरिन् । रेष्टुरेन्टको लञ्चिङ क्रममा उनकी छोरी सुहाना ग्ल्यामर्समा देखिइन् ।
उनको रेष्टुरेन्टमा सबै प्रकारका खानेकुरा पाइनेछ । हुन त शाहरुखलाई पैसाको कमी छैन । तैपनि पत्नीले आफै व्यापार व्यवसाय गर्छु भनेपछि शाहरुखले पत्नी गौरीलाई व्यवसायमा हातहाल्न दिएका हुन् । रेष्टुरेन्टमा बेलाबेलामा शाहरुख पनि जाने छन् ।
कार्यक्रममा बलिउड अभिनेता अनिल कपूर, सोनम कपूर, आलिया भट्ट, करन जोहर, मलाइका अरोडा, अर्जुन कपुर, ज्याकलिन फर्नान्डेज, कृति सेनन, फराह खान र चंकी पाण्डेसहित थुप्रै बलिउड स्टार्स देखिए । – एजेन्सी
















प्रतिक्रिया