९ मंसिर २०८३, बुधबार

मोस्ट वान्टेड सूचीका महत र ढकालबारे सूचना दिनेलाई पुरस्कार

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लुम्बध्वज महत

काठमाडौं, ८ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाललाई फरार सूचीमा राख्दै उनीहरूबारे सूचना दिनेलाई पुरस्कार दिने घोषणा गरेको छ ।

सार्वजनिक सञ्चार माध्यममा महत र ढकालको फोटोसहितको सूचना प्रकाशित गरी देख्ने वा फेला पार्ने जोसुकैलाई आयोगको हटलाइन र नजिकको प्रहरी कार्यालयमा सूचना दिन अनुरोध गर्ने तयारी गरेको अख्तियारले जनाएको छ ।

तत्कालीन अर्थमन्त्री डा रामशरण महतको पालामा गठन भएको कर फर्छ्यौट आयोग, २०७१ का पदाधिकारीले भ्रष्टाचार गरेको भन्ने उजुरीको अनुसन्धानको सिलसिलामा अख्तियारले सदस्य चुडामणि शर्मालाई गत १९ जेठमा नियन्त्रणमा लिएको थियो ।

त्यसलगत्तै महत र ढकाललाई पनि अख्तियारमा उपस्थित हुन सूचना जारी गरिएकोमा उनीहरु उपस्थित नभएकोले अख्तियारले फरार घोषणा गरेको छ ।

आयोगले राज्यले पाउने २० अर्ब रुपैयाँ बढी राजस्व मिनाहा गरेको थियो । चार्टर्ड एकाउन्टेन्ट लुम्बध्वज महत संयोजक एवं उमेशप्रसाद ढकाल र आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मा सदस्य रहेको आयोगले राज्यको ढुकुटीमा आउने राजस्व मिनाहा गरेको थियो ।