२१ कार्तिक २०८३, शनिबार

‘एसएबि’ पब्लिक स्कुलमा योग दिवस मनाइयो

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ असार । ‘स्वस्थ जीवन नै अमूल्य धन हो, योग गरौं स्वस्थ रहौं’ भन्ने मूल नाराका साथ जुन २१ अर्थात अन्तर्राष्ट्रिय योग दिवस संसारभरि मनाइरहँदा घट्टेकुलो डिल्लीबजारस्थित एसएबि पब्लिक स्कुलले पनि विद्यार्थी, अभिभावक, शिक्षक तथा अतिथीहरूका साथ योग कार्यक्रमको आयोजना गरेको छ ।

योग कार्यक्रममा योग गुरु शंकर श्रेष्ठ, सविता बस्नेत के.सी तथा इन्दिरा पौडेल पराजुलीद्वारा योग प्रवचन प्रदान गरेका थिए ।

कार्यक्रममा गुरुहरू लक्ष्मी भण्डारी अधिकारी, युवराज अधिकारी, रामकुमार खत्री, लीलानाथ भट्टाराई र सुजिता अधिकारीको उपस्थिति रहेको थियो ।

अभिभावक तथा विद्यार्थीको उल्लेख्य सहभागिता रहेको उक्त योग कार्यक्रममा सहभागीहरूले नियमित योग गर्ने प्रतिवद्धता पनि जनाएका थिए ।

कार्यक्रमको समापनमा योग गुरुहरूलाई मायाको चिनो प्रदान गरिएको थियो । विद्यालयका अध्यक्ष तथा प्रिन्सिपल लक्ष्यबहादुर के.सी.ले योग साधना जीवनको महत्वपूर्ण अंग भएको र स्वस्थ जीवन जीउन दैनिक योग गर्नु पर्ने बताए ।