१५ कार्तिक २०८३, आइतबार

आधा महिना बितिसक्दा पनि देउवाले बनाउन सकेनन् ‘टिम’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ असार । प्रधानमन्त्रीको कार्यकाल सम्हालेको १७ दिन बितिसक्दा पनि शेरबहादुर देउवाले सहयोगी टिम बनाउन सकेका छैनन् ।

सल्लाहकार र सहयोगी टिम नहुँदा सचिवालय र प्रधानमन्त्री कार्यालय नै अस्तव्यस्त छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

यसअघि तीन पटक प्रधानमन्त्रीको अनुभव लिएका देउवाले चुनावपछि मात्रै सहयोगी टिम बनाउने भन्दै आफूनिकटलाई सुनाउने गरेका छन् ।

सहयोगी टिमको सुझावभन्दा पनि आफ्नै शैली र परम्पराबाट चल्ने स्वभाव देउवामा देखिएको छ ।

‘सल्लाहाकार भन्दा पनि काम गर्न सक्नेक्षमता भएका विज्ञ टिम तत्काल बनाउन आवश्यक छ’, देउवा निकट नेता एवम् पूर्वपरराष्ट्र मन्त्री प्रकाशशरण महतले भने, ‘मैले पनि सुझाव दिएको छु । आभुषणका लागि भन्दा पनि ठोस काम गरेर देखाउन राजनीतिक क्षेत्र र प्रशासन तहमा त्यस्तो टिमको खाँचो छ ।’

जेठ २१ मा प्रधानमन्त्री भएका देउवा २२ गतेदेखि कार्यभार सम्हालेका हुन् ।