प्युठान, ७ असार । प्युठानको सरुमारानी गाउँपालिका ३ की एक २७ वर्षिया विवाहित महिला सामुहिक बलात्कारको शिकार भएकी छन् ।
स्थानीय गन बहादुर गुरुङ, युग बहादुर गुरुङ र मंगलसिङ गुरुङ्ले बलात्कार गरेको पीडित महिलाले बताएकी छन् । आफूमाथि दिनहुं जबरजस्ती हुन थालेपछि पीडितले कामको सिलसिलामा भारत रहेका आफ्ना श्रीमानलार्इ फोन गरि बताएपछि घट्नाको खुलासा भएको हो ।
यहि जेठ १५ गते रातको ९ दस बजेको समयमा पानी खाने निहुंमा घरभित्र पसी ढोका थुनेर ती युवाले पालैपालो बलात्कार गरेको पीडितको भनार्इ छ । पीडितले उजुरी गरेपछि बलात्कारका आरोपी गन बहादुरलार्इ पक्राउ गरि बुधवार जिल्ला प्रहरी कार्यालयमा चलान गरिएको इन्सपेक्टर बद्री ढकालले जानकारी दिए । बलात्कारी अन्य दुर्इ जना घटनापछि फरार छन् ।
पीडित युवतीले नजिकैको अस्थायी प्रहरी कार्यालय बड्डडांडामा मंगलबार मात्र किटानी जाहेरी दिएकी थिइन । उनीहरुले यो घट्ना बाहिर ल्याए जे पनि हुनसक्ने धम्की दिई लगातार ५ दिनसम्म घर मै आइ बलात्कार गरेको पीडितको भनाइ छ ।












प्रतिक्रिया