२१ कार्तिक २०८३, शनिबार

कांग्रेसका मेयर उम्मेद्वार रोहित प्रसाईको इटहरी सपना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, ७ असार । नेपाल विद्यार्थी संघको राजनीतिमा २०४५ सालमा संलग्न हुँदा रोहित प्रसाईलाई लागेको थियो, कुनैदिन कार्यकारी अधिकारयुक्त पदमा पुगियो भने आफ्नो जन्मभूमि र कर्मभूमिलाई आफ्ना ज्ञान,सीप,अनुभव र राष्ट्रिय तथा अन्तराष्ट्रिय अभ्यासहरुको माध्यमबाट साच्चिकै सुन्दर र लोभलाग्दो बनाउनेछु ।

करिब तीन दशकसम्म राजनीतिक र सामाजिक क्षेत्रमा समर्पित रहेपछि भाग्यले उहाँलाई आफ्नो सपना साकार पार्ने पदमा जाने मार्ग खुला गरिदिएको छ । झण्डै २० बर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले उहाँलाई इटहरी जस्तो उदाउँदो उपमहानगरपाकिलाको मेयर पदमा उम्मेद्वार बनाएको छ ।

उपनगरपालिकालाई विकसित र नगरवासीलाई सुखी र समृद्ध बनाउने सपना देख्नुभएका प्रसाईको राजनीतिक र सामाजिक क्षेत्रमा लामो योगदान रहेको छ । २०२८ सालमा मोरग्ांको साविक सुन्दर हरैचा गाबिसमा जन्मनुभएका रोहितलाई २०४५ सालदेखि बिद्यार्थी राजनीतिको नसा लागेको हो । २०४६ सालको जनआन्दोलनमा जेल परेपछि उहाँ राजनीतिको माध्यमबाटै देश र जनताको समुन्नति गर्न सकिने निष्कर्षमा पुग्नुभयो । र, जिल्ला राजनीतिमा सक्रिय हुन थाल्नुभयो । उहाँ २०५० सालदेखि २०५२ सालसम्म नेपाल बिद्यार्थी संघको सुनसरी सभापति हुनुभएको थियो ।

राजनीतिको साथसाथै उद्योग व्यवसायमा लाग्नुभएका प्रसाईँ २०६७ सालमा उद्योग–बाणिज्य संघ इटहरीको अध्यक्षमा निर्विरोध चुनिनुभयो । दोस्रो कार्यकालका लागि प्रतिस्पर्धा गर्दा उहाँले एमाले समर्थक टीमलाई हराएर पुनः निर्वाचित अध्यक्ष हुनुभयो । उहाँ दुइपटक उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्य निर्वाचित भैसक्नुभएको छ । उहाँको ग्रह नै यस्तो छ कि जहाँ चुनाव लड्यो, त्यहाँ विपक्षी पराजित भैहाल्छन ।
प्रसाईँलाई जनताले विश्वास गर्ने आधार पनि छन् । उहाँले जहिले पनि भौतिक र सामाजिक विकासलाई प्रथमिकता दिंदै आउनुभएको छ ।
उद्योग बाणिज्य संघको अध्यक्ष हुँदा प्रसार्इँले स्थानीयको सहयोग लिएर इटहरीलाइ प्लाष्टिक झोलामुक्त बनाउनुभयो । उहाँकै पालामा सिटी हल बन्यो । उहाँकै नेतृत्वमा पर्यटकीय क्षेत्र तालतलैयामा आयोजना भएको अन्तर्राष्ट्रिय कला कार्यशालाले इटहरीको परिचय अन्तर्राष्ट्रिय स्तरमा पुग्यो । बुढीखोलामा उहाँको अग्रसरतामा मुक्तिघाटको निर्माण भयो । यो अहिले धार्मिक पर्यटनको विकासको संभावना बोकेर उभिएको छ । मुक्तिघाट निमार्णमा उहाँ उपाध्यक्ष हुनुहुन्थ्यो । २०७२ सालको महाभुकम्पमा अन्तर्राष्ट्रिय सहयोग जुटाउने काममा समेत प्रसार्इँको भूमिका रहेको थियो ।

प्रसाईँका योजना

नेपाली कांग्रेसले आफूलाई मेयरको उम्मेद्वार बनाएपछि उहाँले नगरको भावि स्वरुपको मोटामोटी खाका कोर्नुभएको छ । नगरवासीलाई सुखी र समृद्ध बनाउदै नगरलाई आधुनिक सुविधायुक्त बनाउन कुनै कसर नराख्ने सोंच बनाउनुभएका प्रसाई इटहरीलाई प्रदेश नं १ को राजधानी बनाउन लालयित हुनुहुन्छ । यसको साथै यसलाई प्रदेश नं १ को शिक्षा र ब्यापारको केन्द्र बनाउने योजना पनि उहाँले बनाउनुभएको छ ।
नगरवासीहरुलाई सुलभ ढंगले स्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन ट्रमा सेन्टर सहितको २ सय ५० बेडको अस्पताल निमार्ण गर्ने र वडा वडामा स्वास्थ्य परिक्षणको व्यवस्था गर्ने कार्यलाई पनि उहाँले प्राथमिकतामा पार्नुभएको छ ।

त्यस्तै इटहरीका कच्ची सडकहरुमा नाली निर्माण गरी कालोपत्रे गर्ने, इटहरी, खनार र तरहरा चौकमा आकासे पुल र इटहरी प्रवेश गर्ने नाकामा गेट निमार्ण गर्ने तथा सेरा, टेंग्रा, खेति र बुढीखोला लगायतको बाढी नियन्त्रणका लागि तटबन्धन निमार्ण गर्ने कार्यक्रमलाई पनि उहाँले उत्तिकै महत्व दिनुभएको छ ।

हरेक वडामा सुबिधा सम्पन्न वडा कार्यालय निर्माण गरि नगरबासीलाइ सर्वसुलभ सेवा दिने, उद्यमी बन्न चाहने युवालाई ऋण, तालिम र प्राविधिक सहयोगको सुविधा दिने, बृद्धबृदालाइ घरघरमै भत्ता पु¥याउने, उद्योग र व्यवसायको स्थापना र विकासका लागि व्यवस्थित ढंगले कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम पनि उहाँले सार्वजनिक गर्नुभएकोे छ ।

खेलकूदका क्षेत्रमा इटहरी रंगशालालाइ प्रदेश नं. १ को सबैभन्दा उत्कृष्ट रंगशालाको रुपमा बिकास गर्ने उहाँको योजना छ भने नगरको व्यवस्थित आवास विकासको लागि इटहरीका सुकुम्बासीलाई धनीपुर्जा उपलब्ध गराउने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभएको छ ।
नगरमा भ्रष्टाचारको अन्त्य गरी सबै नगरवासीलाई सहज ढंगले सेवा सुविधा दिने कार्यलाई उहाँले उच्च प्राथमिकतामा राख्नुभएको छ ।