विर्तामोड, ७ असार । झापा विद्रोहका योद्दाहरु एमालेमा फर्किएका छन् । पुरानै घरमा फर्किएका योद्दाहरुलाइ पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले स्वागत गर्नुभयो । आज बुधबार झापाको विर्तामोडमा उम्मेदवार घोषणा सभामा उनीहरुलाई अविर टिका तथा खादा ओढाएर पार्टीमा स्वागत गरियो ।
तत्कालित झापा विद्रोहका नेताहरु हर्कबहादुर खड्का, नारायण उप्रेती, सुर्य उप्रेती, यज्ञराज प्रसाई लगायत २ सय जना आज विभिन्न पार्टी परित्याग गरि एमालेमा पार्टी प्रवेश गरेका हुन ।
हर्कबहादुर खड्का, यज्ञराज प्रसाई, नारायण उप्रेती तथा सुर्र्य उप्रेती माओवादी केन्द्रका केन्द्रीय नेताहरु हुन उनीहरु लगायत नेपाली कांगे्रस तथा अन्य पार्टी छाडेर आउनेको आज विर्तामोडमा लामो लस्कर देखिएको थियो । आज नै झापाको अर्जुनधारा नगरपालिका र झापा गाउँपालिकामा समेत ४ सय धेरै विभिन्न पार्टीका नेता तथा कार्यकर्ता पार्टी प्रवेश गरेका छन् । उनीहरुलाई अध्यक्ष ओली तथा पोलिटव्युरो सदस्य अग्नि खरेलले स्वागत गर्नुभएको थियो ।
विर्तामोडमा नेकपा एमालेले मेयर पदमा धु्रव सिवाकोटी र उपमेयर पदमा पवित्रा महतरा प्रसाईलाई उम्मेदवार बनाएको छ । उम्मेदवारलाई जिताउन अध्यक्ष ओली गृह जिल्ला आउनु भएको हो । उहाँ भोलिसम्म झापामा सक्रिय रहने नेकपा एमाले झापाका अध्यक्ष चिन्तन पाठकले जानकारी दिनु भएको छ ।

















प्रतिक्रिया