१ कार्तिक २०८३, आइतबार

गगन थापाका मामा बने एमालेको उम्मेदवार, किन छाडे कांग्रेस ?

6.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सोलुखुम्बु, ७ असार । नेपाली कांग्रेसका युवा नेता एवं निवर्तमान स्वास्थ्य मन्त्री गगन थापाका मामा नेकपा एमालेमा प्रवेश गरेका छन् । यतिमात्रै होइन् उनी दोस्रो चरणको स्थानीय निर्वाचनमा एमालेबाटै उम्मेदवार समेत बनेका छन् ।

सोलुखुम्बु बस्दै आएका गगनका कान्छा मामा मोहनकृष्ण बस्नेत कांग्रेस परित्याग गरी एमालेबाट दूधकौशिका गाउँपालिका वडा नम्बर २ को वडा सदस्य उम्मेदवार बनेका हुन् । निजामति सेवाबाट अवकाशप्राप्त ६५ वर्षीय बस्नेतले कांग्रेसका पछिल्ला गतिविधि र सभापति शेरबहादुर देउवाको कार्यशैलीमा असन्तुष्टि जनाउँदै एमाले प्रवेश गरेको प्रतिक्रिया दिए ।

परिवारका सबै सदस्य कांग्रेस भएपनि अहिले कांग्रेस पार्टीको नीतिहिनताबाट निराश भएर पार्टी छाडेको भन्दै उनले एमाले प्रवेशबारे भाञ्जा गगनसँग भने कुरा नभएको बताए । ‘पार्टी प्रवेशबारे मैले भान्जासँग सल्लाह गरेको छैन् । भाञ्जाले एमालेमा नजानु भन्छन् । बुबा र दाजुसँग सोधेँ, उहाँहरुले जित्ने एमाले नै हो अब शुभकामना भन्नुभयो,’ उनले भने ।

पार्टीका युवा नेताकै मामा एमालेतिर लागेपछि सो क्षेत्रमा कांग्रेस कमजोर हुने आकलन गरिएको छ ।