बागलुङ, ७ असार । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले संस्थाका शेयर सदस्यका अभिभावकको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।
श्रद्धाञ्जली कार्यक्रममा संस्थाले सञ्चालन गरेको सामाजिक सुरक्षा तथा दैवी प्रकोप उद्धारकोष मार्फत शेयर सदस्यका परिवारको निधनमा दिइने मृतक राहत रकम मृतकका परिवारका सदस्यलाई हस्तान्तरण गरिएको छ ।
बागलुङ नगरपालिकला वडा नं. ३ निवासी शेयर सदस्यहरु मनुदेवी शर्मा र सुधा शर्माकी सासु विष्णुकुमारी उपाध्यायको निधन भएकाले संस्थाले श्रद्धाञ्जली सभा गरी मृतक राहत रकम प्रदान गरेको हो ।
प्रत्येक दिन, प्रत्येक सदस्य एक रुपैया संकलन अभियान मार्फत सामाजिक सुरक्षा तथा दैवीप्रकोप उद्धारकोष सञ्चालन गरेको संस्थाले शेयर सदस्यको निधन हुदा १५ हजार र शेयर सदस्यका परिवारको निधनमा ५ हजार रुपैया प्रदान गर्दै आइरहेको छ । दुई जना शेयर सदस्यकी सासुको निधन भएकाले संस्थाको तर्फबाट मृतकका पती कुलप्रसाद उपाध्यायलाई १० हजार रुपैया हस्तान्तरण गरिएको थियो ।
श्रद्धाञ्जली कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष मनकुमारी केसीले आदर्श सञ्चार सहकारीेले आफ्नो मुख्य उदेश्य सञ्चार माध्यम सञ्चालनसंगै समाजमा हुने हरेक गतिविधिमा सक्रिय रहेर काम गर्दै आइरहेको बताउनुभयो । उहाँले शेयर सदस्यलाई परेको दुख सुखमा संस्थाले घरमै गएर दुःखमा साथ छौ, भन्ने सन्देश दिन सफल रहेको बताउनु भयो । स्वर्गीय विष्णुकुमारी उपाध्यायको जीवनीका बारेमा परिवारका सदस्य हरिप्रसाद उपाध्यायले जानकारी गराउनु भएको थियो ।
श्रद्धाञ्जली कार्यक्रम संस्थाका उपाध्यक्ष अञ्जु जिसीको अध्यक्षता र संस्थाका सम्पादक रामबहादुर जिसीको सञ्चालनमा सम्पन्न भएको थियो ।












प्रतिक्रिया