९ मंसिर २०८३, बुधबार

राजपाका नेताको आरोपः हामीलाई चुनावमा जानबाट रोकियो, सबै हिसाबकिताब हुन्छ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असार । राष्ट्रिय जनता पार्टी नेपालका नेता रामनरेशराय यादवले राजपा नेपाल गठन भएपछि ठूला राजनीतिक दलहरुको जग हल्लिएर चुनावमा जान रोकेको आरोप लगाएका छन् ।

रिपोर्टर्स क्लबको साक्षात्कारमा उनले भने, ‘राजपा नेपाल गठन भैरहँदाखेरि नै हामीविरुद्ध तानाबाना बुन्ने काम भएका छन, उनीहरुको जग हल्लिएको थियो, त्यही भएर चुनावमा हामीलाई जानबाट रोक्नको लागि बेरियर हाल्ने काम भएको छ ।’

उनले काठमाडौंमा बसेर कसैले यति भोट ल्याउँछौं वा उति भोट ल्याउँछौं भनेर कसैलेपनि ठूला कुरा गर्न नहुने भन्दै चुनावमा आफूहरुलाई जान दिएको भए सबै हिसाबकिताब हुनेथियो भन्दै चुनौति दिए ।

उनले आफ्नो पार्टी मुद्दाबाट एक ईन्चपनि तलमाथि नहुने जिकिर गरे । उनले भने, ‘हामी हाम्रो मुद्दाबाट एक ईन्चपनि तलमाथि हुँदैनौं ।’

उनले राज्यले मधेशलाई विभेद गरेको समेत आरोप लगाए । उनले भने, ‘विभेदले बिद्रोह जनमाउछ र बिद्रोहले बिखण्डन जन्माउँछ ।’ उनले मधेसले निर्वतमान प्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बिश्वास गरेको तर प्रचण्डले आफूहरुलाई बिश्वासघात गरेको आरोप लगाए ।

उनले मधेसको समस्या समाधान नगरी चुनाव हुन नसक्ने र राजपाले भाग नलिने र असोजमा पनि हुन नदिने चेतावनी दिए ।