९ मंसिर २०८३, बुधबार

जुगु हत्याकाण्डमा न्याय परिषदले भन्यो- जिल्ला अदालत दोलखाको आदेश शंकास्पद

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असार । न्याय परिषद्ले दोलखाको गौरीशंकर गाउँपालिका९१ जुगु निवासी कुलबहादुर तामाङको हत्या प्रकरणमा जिल्ला अदालत दोलखाले गरेको आदेश शंकास्पद भन्दै छानविनका लागि फाइल (मिसिल) झिकाउने निर्णय गरेको छ ।

जिल्ला अदालत दोलखाका न्यायाधीश लालकाजी श्रेष्ठले गरेको आदेशमा पीडित पक्ष भन्दा पीडक पक्षलाई सहयोगी हुने भएको भन्दै परिषदले यस्तो निर्णय गरेको हो । उक्ता मुद्दामा भएको आदेशमा उल्लेख रहेका तथ्य प्रमाणहरुमा प्रारम्भिक चरणमा छानविन गर्नुपर्ने आवश्यक भएकोलेले फाइल झिकाउने निर्णय गरिएको न्याय परिषद् सदस्य रामप्रसाद सिटौलाले जानकारी दिए ।

स्थानीय तह निर्वाचनको क्रममा गत बैशाख २६ गते राती गौरीशंकर गाउँपालिका २ जुँगुकै रेशम डाँडामा वडा नं १ निवासी स्थानीय कुलबहादुर तामाङको हत्या भएको थियो ।

दोलखा जिल्ला अदालतका न्यायधीश लालकाजी श्रेष्ठको इजलाशले प्रतिवादीहरुमध्ये पक्राउ थुनामा रहेका ११ जनालाई सामान्य तारिखमा रिहा
गर्ने आदेश दिएका थिए । श्रेष्ठको इजलाशबाट भएको उक्त आदेश तथ्य र प्रमाणमा आधारित नभएको, आर्थिक चलखेल भएको आरोप लगाउँदै परिषद्‌मा उजुरी परेको थियो । उक्त उजुरीमाथि बुधबार विमर्शपछि फाइल झिकाउने निर्णय भएको हो । ‘आदेश न्यायसंगत देखिएन भन्ने निश्कर्षकै आधारमा यस्तो निर्णयमा पुगिएको हो, थप अनुसन्धानका लागि न्यायाधीश श्रेष्ठले गरेको सो मुद्दाको आदेश झिकाउने निर्णय गरिएको छ,’ सदस्य सिटौलाले भने ।

ज्यान मुद्दामा बदनियतपुर्वक अभियुक्तको पक्षमा आदेश गरेको भन्दै जिल्ला अदालत दोलखाका न्यायाधीश श्रेष्ठबिरुद्ध असार १ गते न्याय परिषदमा उजुरी दर्ता भएको थियो । तामाङको हत्यामा संलग्न अभियुक्तलाई बदनीयतपुर्वक साधारण तारेखमा छाडन आदेश दिएको र सो आदेशमा आर्थिक लेनदेनको कुरा समेत सुनिएको भन्दै छानविनसहित कार्वाहीको माग गरी परिषदमा उजुरी दर्ता भएको हो । उजुरीको दर्ता नम्बर ६३ रहेको छ ।

‘अनुसन्धानको क्रममा विपक्षी प्रतिवादीहरुले घटना स्विकार गरी गरेको वयानलाई थुनछेक प्रयोजनको लागि प्रमाणमा नलिई प्रमाणको मुल्याङ्कन नै नगरी आर्थिक प्रलोभनमा परि थुनछेक आदेश गरेको प्रष्ट हुन्छ । अन्य तथ्य मिसिल झिकाई हेरीएमा अझ स्पष्ट हुने छ,’ उजुरीमा भनिएको छ, ‘मेरो छोराको हत्यामा सामेल भएका मध्ये ९ जनालाई प्रहरीले पक्राउ गरी मुद्दा दर्ता गरेको थियो । तर, जिल्ला अदालतले हत्या जस्तो जघन्य अपराधका अभियुक्तलाई थुनामा राखेर मुद्दा अघि नबढाई तारेखमा छाड्दा न्याय मरेको अनुभूति भएको छ । यसले पक्राउ पर्न बाकी अभियुक्तको समेत मनोबल बढेको छ । उक्त आदेश दिनु अघि अभियुक्तसग नजिक रहेका व्यक्तिहरुसग माननीय न्यायाधीश श्रेष्ठले
गोप्य भेटघाट गरेको समेत चरिकोटमा चर्चा छ ।’