९ मंसिर २०८३, बुधबार

वुटवल उपमहानगरमा चुनावी सरगर्मी : माओवादी केन्द्रीय सदस्य एमालेमा प्रवेश

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, ७ असार । वुटवल उपमहानगरपालिकामा चुनावी सरगर्मी चलिरहेका बेला माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्ण पोखरेल नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नेकपा एमालेका उपमहासचिव बिष्णु पौडेलले पोखरेललाई एमालेमा प्रवेश गराएका हुन् । माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति सदस्य रहेका पोखरेलले पाँच नम्वर प्रदेश विभाजनको पक्षमा माओवादी उभिएकाले आफू एमालेमा प्रवेश गरेको बताए ।

प्रदेश बिभाजन गर्ने दलहरुबीच गठबन्धन भएर माओवादीले बुटवलको भावना कुल्चिएका उनले बताए ।

पोखरेललाई एमालेमा प्रवेश गराउँदै उपमहासचिव विष्णु पौडेलले ५ नम्बर प्रदेशमा ५० प्रतिशत भन्दा बढी स्थानीय तह जित्ने दाबी गरे । उनले स्थानीय चुनावलाई ५ नम्बर प्रदेश बिभाजनविरुद्धको जनमत संग्रहका रुपमा लिइएको उदघोष समेत गरे ।