९ मंसिर २०८३, बुधबार

राजधानीमा युवतीहरुको ग्याङ फाइट र छुरा हानाहान, यसरी भयो घटना

31.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ असार । राजधानीमै युवतीहरुको समूहबीच ग्याङ फाइट भएको छ ।

ललितपुर महानगरपालिका–१५ सातदोवाटो चोकमा कोपिला गिरी र सलिना राईको समूहबीच ग्याङ फाइट भएको हो । काभ्रे, बनेपा बस्ने  गिरीलाई बानेश्वर बस्ने सलिना राई लगायतका ६ जना युवतीहरुले मंगलबार सातदोबाटो चोकमा छुरा हानेका हुन् ।  छुरा हान्नुअघि केहीबेर झगडा भएको थियो ।

छुरा प्रहारबाट घाइते १७ वर्षीया गिरीको सुमेरु अस्पताल धापाखेलमा उपचार भइरहेको छ । उनी बोल्न नसक्ने अबस्थामा रहेको सातदोबाटोका डिएसपी रामेश्वर यादवले जानकारी दिए । फेसबुकमा भएको गालीगलौजको विषयलाई लिएर राईको समूहले छुरा हानेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

घटनामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । बाँकीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।