मुम्बई । हृदयघातका कारण बलिउडका वरिष्ठ अभिनेता अमृत पालको निधन भएको छ ।
सोमबार राति हृदयघातका कारण उनको मृत्यु भएको छोरी गीता कौरले बताएकी छिन् । ७६ वर्षीय पाल मुम्बईको मलाडमा परिवारका साथ बस्दै आएका थिए । अभिनेता पालका दुई र एक छोरा छन् । केही समय अगाडि अभिनेता अमृत पालकी पत्नीको मृत्यु भएको थियो ।
अभिनेता अमृत पालले हिन्दी र पंजाबी भाषाका एक सयभन्दा बढी फिल्ममा काम गरेका छन् ।
७० र ९० को दशकमा अमृत पालले बलिवुडका थुप्रै फिल्ममा काम गरेका थिए । अमृत पाल विशेष गरेर भिलेनको रोलमा अभिनय गर्थे ।
मिथुन चक्रवर्तीको दुई फिल्मका लागि अमृत पालको अभिनयलाई स्मरण गर्ने गरिन्छ ।
उमेश मेहराको फिल्म ‘जाल’मा मिथुन, रेखा र मंदाकिनीका साथ अमृत पालले जोडदार अभिनय गरेका थिए । अमृत पालको अर्को फिल्म ‘प्यार के दो पल’लाई पनि बलीउडमा उत्तिकै स्मरण गर्ने गरिन्छ ।
‘फरिश्ते’, ‘बंटवारा’, ‘कसम’ लगायतका फिल्ममा अमृत पालले अभिनय गरेका थिए । – एजेन्सी
















प्रतिक्रिया