९ मंसिर २०८३, बुधबार

त्रिभुवन राजपथको बागझोरामा पहिरो, हेटौँडा–कुलेखानी यातायात अवरुद्ध

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौँडा, ७ असार । त्रिभुवन राजपथको बागझोरामा आज बिहान परेको पानीले बाढी तथा पहिरो आउँदा बिहानैदेखि हेटौँडा–कुलेखानी हुँदै काठमाडौँ तर्फको यातायात सेवा अवरुद्ध भएको छ ।

यसैगरी, बाढीपहिरोले गर्र्दा हेटौँडाबाट दामन तथा पालुङ तर्फको यातायात सेवा पनि अवरुद्ध भएको छ । बागझोरामा आएको पहिरो हटाउन हेटौँडाबाट डोजर त्यसतर्फ पठाइसकेको र मौसम सुधार भएमा दुई घन्टाभित्र यातायात चालु गर्ने तयारी गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्मा दवाडीले जानकारी दिनुभएको छ ।

उक्त राजमार्ग अवरुद्ध हुँदा हेटौँडाबाट काठमाडौँतर्फ जाने सुमो जिप, माइक्रोबस, ट्रक र मोटरसाइकल बागझोरामा लामबद्ध भई रोकिनु परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । रासस