काठमाडौं । अभिनेत्री नम्रता सापकोटा र मोडल नवीन न्यौपानेको रोमान्स रहेको गीत ‘किन म…’ सार्वजनिक भएको छ ।
नवीन र नम्रताको अभिनयले गीत राम्रो बनेको छ । भिडियोमा नवीन र नम्रताताको अलवा रंजिता गुरुङको समेत अभिनय देख्न सकिन्छ ।
हिमाल सागरको स्वर र जीवन पन्तको संगीत रहेको गीतमा नवीन न्यौपानेकै शब्द रहेको छ ।
भिडियोलाई जी.बी. गणेशले निर्देशन गरेका हुन् । नवीनले केही पहिले एक भिडियोमा भद्रगोलकी कलाकार रक्षासँग म्युजिक भिडियो सार्वजनिक गरेका थिए ।
















प्रतिक्रिया