२१ कार्तिक २०८३, शनिबार

कोहलपुरका कांग्रेस उम्मेदवारहरुको जोड पूर्वाधार विकासमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, ६ असार । कोहलपुर नगरपालिकाका नेपाली काँग्रेसका मेयर उम्मेद्वार भानुभक्त भट्टराई सहितको टीमले पूर्वाधार विकासलाई चुनावी एजेण्डा बनाएको छ ।

घरदैलो अभियान अन्तरगत मंगलबार कोहलपुर नगरपालिकाको वडा नम्बर १३ सिमरी गाउँ पुग्नुभएका मेयर उम्मेदवार भट्टराई सहितको टोलीले सिमरी गााउलाई कोहलपुरनगरसंग जोड्न पक्की पुल अपरिहार्य भएको बताउनुभएको थियो । कोहलपुर नगरपालिकाको विकट मानिने सो स्थानमा २०२० सालमा बनाइएको झोङ्गे पुलखोलाले बगाए पछि अहिले अर्को झोलुङगे पुल निर्माणाधीन छ । त्यस क्षेत्रका स्थानीयहरु बर्षामा समेत सोही निर्माणाधीन पुलबाट आवतजावत गर्न बाध्य छन् ।

यस क्षेत्रमा बर्षामा डुडुवा नदीले बर्षाको समयमा कटान गर्ने र केही क्षेत्र डुवानमा समेत पर्ने गरेको छ । मेयर उम्मेदवार भट्टराईले सो क्षेत्रमा तटबन्द गरिने बचन पनि दिनुभएको छ ।

घरदैलो अभियान अन्तर्गत आजै कोहलपुर वडा नम्बर १३ कै भरैया तथा खड्वार पुग्नुभएका भट्राइले राष्ट्रिय निकुञ्जको बफर जोन भएकाले बन्यजन्तुबाट हुने हानीनोक्सानीको क्षतिपूर्तिको व्यवस्था गर्दै सो क्षेत्रलाई बाँके जिल्लाकै पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने योजना सार्वजनिक गर्नुभएको छ । बन्यजन्तुले आक्रमण गर्दा साविकमारु ५ लाख दिने व्यवस्था भएकोमा नेपाली कांग्रसकै सरकारका बेला रु १० लाख बनाएको पनि जानकारी गराउनुभयो ।

घरदैलो कार्यक्रममा उपमेयरका उम्मेद्वार सञ्जुकुमारी थारुले महिला तथा युवा लक्षित विशेष योजना थालिने बताउनुभयो । घरदैलो कार्यक्रममा नेपाली काँग्रेस कोहलपुरनगरसभापति बलराम शर्मा, नारायण सिग्देल, राजेन्द्र श्रेष्ठ लगायत नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

“शान्ति र समृद्धिका लागि कांग्रेस निर्विकल्प”

नेपाली कांग्रेसकी केन्द्रिय सदस्य तथा सांसद सीता गुरुङले संविधान कार्यान्वयन गर्दै मुलुकमा शान्ति कायम गरि समृद्धि हासिल गर्न नेपाली कांग्रेसकोविकल्प नरहेको बताउनुभएको छ । नेपाली कांग्रेसकै नेतृत्वमा मुलुकमा पटक पटक राजनीतिक परिवर्तन भएको दावी गर्दै उहाँलेस्थानीय तह निर्वाचनमा कांग्रेसकाउम्मेदवारलाई विजयी बनाएर मुलुकलाई विकास र समृद्धिको मार्गमा लैजान आग्रह गर्नुभएको थियो ।

तेह्रथुमको आठराई गाउँपालिकाको चुहानडाँडामा मगलबार भएको चुनावी सभालाई सम्बोधन गर्दै नेतृ गुरुङले संविधानको कार्यान्वयन तथा मुलुकको विकास र जनताकोसमृद्धिका लागि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका बीचमा सत्तासाझेदारी भएको र त्यही आधारमा यस गाउँ पालिकामा पनि सांझा विचार र धारणा तयार गरी संयुक्तउम्मेदवारी दिएको बताउनुभयोे । उहाँले स्वच्छ र इमान्दार छवि भएकोले गठबन्धनका सबै उम्मेदवारहरुलाई विजयी गराउन चुहान डाँडाबासीसंग आग्रह गर्नुभयो ।

कार्यक्रममा माओवादी केन्द्रकी केन्द्रीय सदस्य सुशीला कन्दङवा, कांग्रेस–माओवादी गठबन्धनका अध्यक्ष पदका उम्मेदवार नारायण कुमार ईङनाम, उपाध्यक्ष पदका उम्मेदवार रमिला खनाल लगायतका वक्ताहरुले आ–आफ्नो धारणा राखेका थिए ।