काठमाडौं, ६ असार । विवेकशील नेपाली दलको तर्फबाट झापाको दमक नगरपालिकामा मेयर प्रत्यासी सुबास सुबेदीलाई छोरा–छोरी चुनाव चिन्ह मिलेको छ ।
दमक नगरपालिकाबाटै वडा ३ सदस्य (खुल्ला) मा उम्मेदवारी दिएका दधिराम ढकालले भने ऊनको डल्लो चुनाव चिन्ह प्राप्त गरेका छन् । दलको तर्फबाटै मोरङको केराबारी गाउँपालिका वडा ९ बाट अध्यक्षमा उम्मेदवारी दिएकी सरस्वती आचार्यले मुठ्ठी कस्सिएको हात चुनाव चिन्ह पाएकी छन् ।
विवेकशील नेपाली दलले सुनसरीको इटहरी उपमहानगरपालिका, वडा २० को वडा अध्यक्षमा उमेम्द्वारी दिएका फणिन्द्र भण्डारी तथा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा मेयर प्रत्यासी अर्जुन सिंह धामी र सोहि नगरपालिकाको वडा ११ को वडा अध्यक्ष उम्मेदवार दिल बहादुर साउदलाई पनि समर्थन गरेको छ । सहकार्यमुलक राजनीतिलाई प्रवर्द्धन गर्न फरक आस्था र सोचहरुलाई पनि संगै समेटेर अघि बढ्नुपर्छ भन्ने मान्यताले गर्दा दलले यो नीति अबलम्बन गरेको बताइएको छ ।
सत्तासीन दलहरुको सिन्डिकेट र नयाँलाई निषेध गर्ने प्रवृतिका कारण बैधानिक रूपले दर्ता भैसकेको राजनीतिक दल भएर पनि विवेकशील नेपाली दलले आफ्नो निर्वाचन चिन्ह नपाएको बिडम्बनापूर्ण स्थितिका वीच पनि दल निर्वाचनमा होमिएको छ ।
|
नाम |
ठाउँ |
पद |
चुनाव चिन्ह |
|
सुबास सुबेदी |
दमक नगरपालिका, झापा |
मेयर |
छोराछोरी |
|
दधिराम ढकाल |
दमक नगरपालिका वडा ३ |
सदस्य (खुल्ला) |
ऊनको डल्लो |
|
सरस्वति आचार्य |
केराबारी गाउँपालिका वडा ९ |
वडा अध्यक्ष |
मुट्ठी कसेको हात |
|
फडिन्द्र भण्डारी |
इटहरी उपमहानगरपालिका, वडा २०, सुनसरी |
वडा अध्यक्ष |
मुट्ठी कसेको हात |
|
अर्जुन सिंह धामी |
शुक्लाफाँटा नगरपालिका, कन्चनपुर |
मेयर |
मसि कलम |
|
दिल बहादुर साउद |
शुक्लाफाँटा नगरपालिका, वडा ११ |
वडा अध्यक्ष |
टेबल |













प्रतिक्रिया